इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो « Khabarhub

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

गए राति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए ।

उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।’

दक्षिणी इजरायलमा गत असोज २० गते हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए ।

आक्रमणमा डोटी लामीखाल–८ का पदम थापा, सल्यान सारदा–३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको –लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याएको थियो ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १ : २३ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड