चेम्बरले भूकम्पबाट प्रभावित परिवारलाई अत्यावश्यक सामाग्री सहयोग गर्ने « Khabarhub

चेम्बरले भूकम्पबाट प्रभावित परिवारलाई अत्यावश्यक सामाग्री सहयोग गर्ने


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यान्न, त्रिपाल, लत्ताकपडालगायत अत्यावश्वक सामाग्री सहयोग गर्ने भएको छ ।

चेम्बरले आइतबार विज्ञप्ति जारी गर्दै भूकम्पपीडितलाई सिरक डसना र म्याट्रेस, खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सहायता सामग्री सहयोग गर्ने जनाएको हो । चेम्बरको विपद् व्यवस्थापन कोषबाट भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।

चेम्बरले सम्पूर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत सरकारको एकद्वार प्रणालीमा सहयोग गर्नेछ । भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका पीडितलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याटे«स वितरण गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामाग्री वितरण गरिने अध्यक्ष मल्लको भनाइ छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदनासमेत प्रकट गरेको छ ।

चेम्बरले जाजरकोटलगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुर्नस्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउनसमेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ४ : १० बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको