जाजरकोट भूकम्प : १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सिबिफिनको घोषणा « Khabarhub

जाजरकोट भूकम्प : १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सिबिफिनको घोषणा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडित भएकाहरुलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

सिबिफिनले आज विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नुपरेको अकल्पनीय घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । सिबिफिनले भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाइतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत् उक्त सहयोग उपलब्ध गराइने जनाएको हो ।

राष्ट्रिय विपदको कठिन अवस्थालाई संवेदनशील रुपमा लिएको उल्लेख गर्दै सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिकोबारे जानकारी लिएको जनाएको छ । यस क्रममा त्यस क्षेत्रमा तत्काल खाद्यान्न, औषधोपचार, न्यानो लत्ता कपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने कार्यमा लाग्नसमेत सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुलाई सिबिफिनले आग्रह गरेको छ ।

विपद्को समयमा बैंक तथा वित्तीय संस्थाहरुबाट स्वतस्फूर्त सहयोग भइरहेकोप्रति आभार व्यक्त गर्दै सिबिफिनले खुला हृदयले राहत सहयोग उपलब्ध गराइदिनसमेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई अपिल गरेको छ । सिबिफिनले भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाइतेहरुको शिघ्र स्वाथ्यलाभको कामना गर्दै दिवंगत आत्माहरुको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ५० बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा