जाजरकोट भूकम्प : १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सिबिफिनको घोषणा « Khabarhub

जाजरकोट भूकम्प : १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सिबिफिनको घोषणा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडित भएकाहरुलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

सिबिफिनले आज विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नुपरेको अकल्पनीय घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । सिबिफिनले भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाइतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत् उक्त सहयोग उपलब्ध गराइने जनाएको हो ।

राष्ट्रिय विपदको कठिन अवस्थालाई संवेदनशील रुपमा लिएको उल्लेख गर्दै सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिकोबारे जानकारी लिएको जनाएको छ । यस क्रममा त्यस क्षेत्रमा तत्काल खाद्यान्न, औषधोपचार, न्यानो लत्ता कपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने कार्यमा लाग्नसमेत सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुलाई सिबिफिनले आग्रह गरेको छ ।

विपद्को समयमा बैंक तथा वित्तीय संस्थाहरुबाट स्वतस्फूर्त सहयोग भइरहेकोप्रति आभार व्यक्त गर्दै सिबिफिनले खुला हृदयले राहत सहयोग उपलब्ध गराइदिनसमेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई अपिल गरेको छ । सिबिफिनले भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाइतेहरुको शिघ्र स्वाथ्यलाभको कामना गर्दै दिवंगत आत्माहरुको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ५० बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका