भूकम्पमा परी ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार « Khabarhub

भूकम्पमा परी ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – भूकम्पमा परी ज्यान गुमाएका नलगाड नगरपालिका–१ चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । नलगाड नदीको किनारमा उनीहरूको दाहसंस्कार गरिएको हो ।

चिउरी गाउँमा एकै परिवारका चार जनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो । एकै वडाका १७ जनाको मृत्यु भएकोमा चिउरी गाउँका मात्र १३ जना थिए ।

नलगाडको वडा नम्बर १ मा ४५ वर्षीया चन्द्रकली कामी, ५५ वर्षीय हिरे कामी, चार वर्षीयका सुशान्त परियार, आठ वर्षीय विनय परियार, १० वर्षीया सपना विक, १६ वर्षीया अमृता पुन, चार वर्षका विशाल विक, २४ वर्षीया मनिषा विक, २३ वर्षीय सुजल विक, ५८ वर्षका दत्तबहादुर कुमाइको निधन भएको थियो ।

चौबीस वर्षीय भीमसेन विक, चार वर्षका सन्दीप विक, २१ वर्षीया कमला विक, सात वर्षीय प्रदेश विक, १४ वर्षीया विमला विक र १२ वर्षीय सुनिल विकको पनि शुक्रबार राति नै घरमा पुरिएर मृत्यु भएको थियो । चौध वर्षीया विनिता पुनको पनि भूकम्पममा पुरिएर शुक्रबार राति नै ज्यान गएको हो ।

अधिकांश दलित समुदायको यस गाउँमा बसोबास छ । माटोले निर्माण गरिएका परम्परागत घर भएका कारण कुनै उक्त गाउँका कुनै पनि घर सक्लो छैन । भूकम्पको असर सबैभन्दा बढी नलगाड नगरपालिकामै परेको छ ।

अहिले मृतकका आफन्त, घाइतेका आफन्त तथा अन्य प्रभावितहरू खुला आकाशमा बसीरहेका छन् । राहत सामग्री अहिलेसम्म पीडित समक्ष पुग्न सकेको छैन । पराकम्पन जाने क्रम जारी रहेका कारण सर्वसधारण त्रसित छन् । अन्न, लत्ताकपडा, भाँडाकुडा सबै घरसँगै पुरिएको अवस्थामा रहेको पीडित परिमल विकले बताए।

मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन् । नलगाड नगरपालिकामा मात्र ५४ जनाको मृत्यु भएकामा १७ जना वडा नम्वर १ मा मात्र भएको छ । प्रतिमृतकका परिवारलाई क्रिया खर्चवाफत १० हजार आर्थिक सहयोग गर्ने नलगाड नगरपालिकाले निर्णय गरेको छ । नलगाड नगरपालिकाभित्रका ९० प्रतिशत घर पूर्ण तथा आशिंक रुपमा क्षति भएको नगरप्रमुख डम्बर रावतले बताए।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : २० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार