भारतको अपराजित यात्रा जारी, दक्षिण अफ्रिका २ सय ४३ रनले पराजित « Khabarhub

भारतको अपराजित यात्रा जारी, दक्षिण अफ्रिका २ सय ४३ रनले पराजित


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एक दिवसीय विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गरेको छ ।

३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमा अल आउट भयो । उसका लागि मात्र चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सके । मार्को जानसेनले सर्वाधिक १४ रन बनाउँदा रासी भान डेर डुसेनले १३ रन बनाए । त्यस्तै, कप्तान टेम्बा बाभुमा र डेभिड मिलरले ११–११ रन बनाए ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका रवीन्द्र जटेजाले ५, मोहम्मद सामी र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए ।

त्यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो । भारतका विराट कोहलीले १ सय २१ बलमा १ सय १ रन बनाए । यस्तै श्रेयस अय्यरले ७७ र कप्तान रोहित शर्माले ४० रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी, मार्को जेनसेन, कागिसो रबाडा, केशव महाराज र तबरिज शाम्सीले समान १ विकेट लिए ।

भारत र दक्षिण अफ्रिका यसअघि नै विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ३३ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं