कांग्रेस महासमिति बैठक मङ्सिर २९ देखि पुस २ गतेसम्म हुने « Khabarhub

कांग्रेस महासमिति बैठक मङ्सिर २९ देखि पुस २ गतेसम्म हुने


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले शुक्रबार पश्चिम नेपालमा गएको भूकम्प र सभाहलको प्राविधिक कारणले पार्टीको महासमिति बैठकको निर्धारित मिति दुई साता पछाडि सारेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महासमिति बैठक आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म गर्ने नयाँ मिति तय गरेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसअघि आगामी मङ्सिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने तय भए पनि उक्त मितिमा तयारी पूर्ण नहुने नदेखिएपछि कांग्रेसले नयाँ मिति तोकेको हो ।

भूकम्पका कारण तिहार अघिका पार्टीका औपचारिक कार्यक्रम स्थगन गर्नुपरेको र बैठक गर्ने सभाहल पनि निर्धारित मितिमा उपलब्ध नहुने भएपछि बैठकको मिति सार्नुपरेको उनले बताए । कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले भूकम्पबाट प्रभावितको तत्काल उद्धार, राहत र पुनस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गर्दै सरकारले हालसम्म गरेका कामका लागि धन्यवाद र थप क्रियाशील हुन आग्रह गरेको छ । कांग्रेसले भूकम्प प्रभावितको राहत र पुनःस्थापनाका लागि पार्टीका तर्फबाट घोषणा गरेको रु ५० लाख पर्याप्त नभएको भन्दै थप रकम जुटाउन पार्टीका सबै संरचनालाई आग्रह गरेको छ ।

बैठकले भूकम्प प्रभावितलाई प्रदान गर्ने राहत र वितरणमा अनियमता हुन नदिन पार्टीका तर्फबाट अनुगमन तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ४१ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको