भूकम्प पीडितलाई मेयर्स फोरमद्वारा २५ लाख सहयोग « Khabarhub

भूकम्प पीडितलाई मेयर्स फोरमद्वारा २५ लाख सहयोग


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई उपत्यका मेयर्स फोरमले रु २५ लाख सहयोग गर्ने भएको छ ।

ललितपुर महानगरपालिका ललितपुरको सभाहलमा आज बसेको उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि रु २५ लाख सहयोग गर्ने निर्णय गरेको फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

उक्त बैठकले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निधन भएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । जाजरकोट भूकम्पमा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना उक्त बैठकले गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १० : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको