भगौडा पक्राउ गर्न क्यानाडाले चीनलाई सहयोग गर्ने गरेको खुलासा « Khabarhub

भगौडा पक्राउ गर्न क्यानाडाले चीनलाई सहयोग गर्ने गरेको खुलासा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

टोरन्टो- चीनबाट भागेर आएकाहरुलाई पक्राउ गर्नका लागि क्यानाडाले चीनलाई सहयोग गर्दै आएको पाइएको छ ।

क्यानाडा ब्रोडकास्टिङ कर्पोरेशन (सीबीसी) ले जारी गरेको खोजमूलक रिपोर्टमा चीनबाट भागेर क्यानाडा आएकाहरुलाई चीनतर्फ फर्काउनका लागि क्यानाडाका कानून कार्यान्वयन एकाईहरुले मद्दत गर्ने गरेको उल्लेख छ ।

क्यानाडाको ब्रिटिश कोलम्बियामा शाही माउन्टेड प्रहरीका पूर्वअधिकारी काल्भिन क्रुस्टीले एक अन्तरवार्तामा चिनियाँहरुलाई पक्राउ गर्नका लागि चिनियाँ अधिकारीहरुसँग समन्वय गर्नका लागि आफूलाई ‘उच्च तह’ बाट निर्देशन आएका बताएका छन् ।

उनले भ्यान्कुभर क्षेत्रमा रहेका उच्च चिनियाँलाई पक्राउ गर्नका लागि चिनियाँ अधिकारीलाई ‘सहयोग गर्न एवम् समन्वय गर्न’ निर्देशन प्राप्त भएको जनाएका हुन् ।

यद्यपि उनले आफूले चिनियाँ अधिकारीहरुसँग छलफल गर्न अस्वीकार गरेका बताए । यसबारे क्यानाडाका जनसुरक्षामन्त्री डोमिनिक लेब्लांकले टिप्पणी गर्न नचाहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको