प्रोपर्टी मार्केट खस्किएपछि समस्यामा चिनियाँ | Khabarhub Khabarhub

प्रोपर्टी मार्केट खस्किएपछि समस्यामा चिनियाँ


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चीनमा ध्वस्त भएको प्रोपर्टी मार्केटको असर यत्रतत्र पर्न थालेको छ। यसै कारण जनआक्रोश पनि त्यत्तिकै बढेको छ। देशको अर्थतन्त्र ओरालो यात्रामा लागेपछि एक युवा दम्पत्ति रकम तिरे पनि फ्ल्याट पाउन असमर्थ भएका छन्।

३० वर्षको हाराहारीका झाङ लीयाङ र डोङ लीजुनले गत वर्ष नै आफ्नो कमाइबाट बन्दै गरेको अपार्टमेन्ट सुरुवातमा नै खरिद गरेका थिए। उनीहरूले ल्याङ ल्याङ र लीजुन जोडीको रूपमा रूपमा फ्ल्याट राखेका थिए। उनीहरूलाई बधाई दिनेको आइरो लागेको थियो। सामाजिक सञ्जालमा समेत चार लाख फलोअर भेटिए।

प्रोपर्टी व्यवसायीले यसै वर्ष उनीहरूलाई विस्तारै रकम फिर्ता गर्ने जानकारी गराए। आफूहरूलाई अपमान गरिएको भन्दै तयार पारिएको भिडियो अहिले सेन्सरमा परेको छ।

सामान्य गाउँमा हुर्किएका उनीहरूका लागि ठुला सहरका बासिन्दा हुने सपना चकनाचुर भएको छ। ओरालो लागेको चिनियाँ अर्थतन्त्रसँगै प्रोपर्टी मार्केट पनि ध्वस्त भएपछि अहिले उनीहरू धेरै नै अप्ठेरोमा परेका छन्।

सामान्य गाउँमा हुर्किएका उनीहरूका लागि ठुला सहरका बासिन्दा हुने सपना चकनाचुर भएको छ। ओरालो लागेको चिनियाँ अर्थतन्त्रसँगै प्रोपर्टी मार्केट पनि ध्वस्त भएपछि अहिले उनीहरू धेरै नै अप्ठेरोमा परेका छन्।

‘तपाईंहरूको पोस्टले वास्तविक जीवन इङ्गित गर्छ,’ सामाजिक सञ्जाल डुयनको युजरले लेखका छन्,
‘साँच्चै युवाहरूका लागि जीवन कठिन बनेको छ। यो अन्य सबैका लागि जस्तो कठिन छैन।’ सामाजिक सञ्जालमा अर्का एक जनाले प्रतिक्रिया दिएका छन्। धेरैले उनीहरूको पीडालाई आफ्नै झैँ भएको महसुस गरेका छन्।

लीयाङ र लीजुनको चिनिया सपनाको देखिने दृश्य प्रस्तुत गरेका छन्। सामाजिक सञ्जालसँग सम्बन्धित एक च्यानलमा त्यहाँका सञ्चारकर्मीले उल्लेख गरेका छन्। उनका अनुसार यसले युवाहरूको सपनाका बारे कुरा गरेको छ। धेरैका गुनासो देखिन्छन्।

लगनशील, इमानदार र मेहनती मानिसले चीनमा कुनै सपना पुरा गर्न नसक्ने उनीहरूले जनाएका छन्। सो जोडीले चिनियाँ युवाको पीडालाई बाहिर ल्याएको उनीहरूको मत छ। सो भिडियो हटाइएको मात्र छैन। उनीहरूको वेइवे एकाउन्ट पनि बन्द गरिएको छ।

यिनीहरूको भावनामा आएको उतार चढाव सन् २०२१ बाट सुरु भएको हो। उनीहरूले टिकटकको चिनियाँ भर्सन डाउयीनमा पहिलो पटक सो कुरा राखेका थिए। उनीहरूले जीवनमा एउटा नयाँ प्रकाश छरिएको कुरा सो समयमा सामाजिक सञ्जालमा राखेका थिए। हरेक महिना साइटको भ्रमणमा जाने गरेका उनीहरूले यसको बनावटका बारे पनि राख्ने गरेका थिए।

लगनशील, इमानदार र मेहनती मानिसले चीनमा कुनै सपना पुरा गर्न नसक्ने उनीहरूले जनाएका छन्। सो जोडीले चिनियाँ युवाको पीडालाई बाहिर ल्याएको उनीहरूको मत छ। सो भिडियो हटाइएको मात्र छैन। उनीहरूको वेइवे एकाउन्ट पनि बन्द गरिएको छ।

सामाजिक सञ्जालमा खुसी साटिएको एक महिनामा उनीहरूको जीवनमा ठुलो चोट परेको थियो। डोङको तलब घटेर दुई हजार यान अर्थात् २ सय ८२ अमेरिकी डलर पुगेको थियो। दुःखका साथ उनले त्यो खबर श्रीमानलाई सुनाएकी थिइन्। त्यो भिडिओ पनि सामाजिक सञ्जालमा पोस्ट भएपछि चीनमा धेरैले यसलाई पनि आफ्नो कथा ठानेका थिए।

चीनमा धेरैको जागिर खोसिएको थियो। बेरोजगारीको पीडामा चिनियाँ युवा छटपटाइ रहेको समयमा सो भिडियो पोस्ट भएको थियो। त्यो जोडीको खराब समय त आउन बाँकी नै थियो। सन् २०२२ को मेमा भवन निर्माता कम्पनी सुनाक चाइना होल्डीङ कम्पनीले वित्तीय सङ्कटले सही समयमा व्याज तिर्न कठिन भएको जनाए।

त्यसै समयमा प्रोपर्टी कम्पनी एभरग्रान्डेले पनि आर्थिक सङ्कटका कारण भवन निर्माणको काम अघि बढाउन सकेको थिएन। यसका बाबजुद झाङ र डोङ आशावादी थिए। झाङले सामाजिक सञ्जालमा लेखे‘ ‘हामीले रोजेको कम्पनी सुनाकसँग विश्वास कायम छ। उनीहरूले सही समयमा घर दिने कुरामा हाम्रो विश्वास गुमेको छैन।’

सामाजिक सञ्जालमा खुसी साटिएको एक महिनामा उनीहरूको जीवनमा ठुलो चोट परेको थियो। डोङको तलब घटेर दुई हजार यान अर्थात् २ सय ८२ अमेरिकी डलर पुगेको थियो। दुःखका साथ उनले त्यो खबर श्रीमानलाई सुनाएकी थिइन्।

त्यसको दुई महिनापछि कन्स्ट्रक्सनको काम नै रोकियो। सन् २०२३ सुरु भइसकेको थियो। उनीहरूको छोरीको पनि जन्म भयो। समय सही बाटोमा गएको आभास उनीहरूलाई थियो। यसै समयमा कम्पनीले थप २० हजार युआन फिर्ता गर्ने र अरू बाँकी नै राख्ने जनायो।

१५ नोभेम्बरका दिन उनीहरू फेरि एक पटक सुनाक चाइना होल्डीङ कम्पनीको कार्यक्रममा गए। त्यस पछि १ डिसेम्बरसम्म डुयानको एकाउन्टमा कुनै पोस्ट थिएन। त्यसपछि नै सुनाक कम्पनीको बारे राखिएको भिडियो र लाइभ स्ट्रिमिङ समेत हटाउन थालिएको थियो। भिडियो हटाइएपछि त्यसका स्क्रिनसटहरु भाइरल भइसकेका थिए।

आफ्नो एकाउन्टमा आक्रमण भएको उजुरी लिएर उनीहरू प्रहरी कहाँ पनि पुगेका थिए। प्रहरीले कारबाहीको आश्वासन पनि दिएकै थियो। यसमा चिनियाँ सञ्चार क्षेत्रको समेत चासो रहँदै आएको थियो। सामाजिक सञ्जालमा उनीहरू प्रतिको सहानुभूति बढी रहेको थियो।

वेइबोमा चिनियाँ नागरिक अझ सामान्य नागरिक गम्भीर समस्यामा फस्दै गएको तथा सो समस्याका बारे बोल्ने छुट समेत नभएको प्रतिक्रिया व्यक्त हुन थालेका छन्। ‘उनीहरूलाई सहयोग गर्ने तरिका कस्तो हुन सक्छ ?’ भनेर समेत प्रश्न उठ्न थालेका छन्।

अहिले चीनमा सामान्य मानिसका लागि यो समस्या बढ्दो छ। प्रोपर्टी व्यवसायमा आएको सङ्कटले धेरै जना थलिएका छन्। बेरोजगारी समस्या बढी रहेको छ। सोही बेरोजगारी समस्याका कारण सामाजिक क्षेत्रमा खराब प्रवृत्ति बढ्दो छ।

भवन निर्माता कहाँ उनीहरू बारम्बार पैसा फिर्ता माग्न पनि गए। उनीहरू गरिब भएका कारण त्यो आवश्यक थियो। तर, निर्माण कम्पनीले उनीहरूको समस्यामा चासो दिएन वा चासो दिए पनि केही गर्न सक्ने अवस्थामा नै थिएन।

त्यो जोडीले बाँकी रकम पाउने अपेक्षा गरेको थियो। गत साता उनीहरूले निराश हुँदै झेङ झाउमा आफ्नै घरमा जाने कुरा गरेका थिए। त्यस समयमा उनीहरूको आक्रोश प्रस्ट देखिएको थियो। अहिले चीनमा सामान्य मानिसका लागि यो समस्या बढ्दो छ। प्रोपर्टी व्यवसायमा आएको सङ्कटले धेरै जना थलिएका छन्। बेरोजगारी समस्या बढी रहेको छ। सोही बेरोजगारी समस्याका कारण सामाजिक क्षेत्रमा खराब प्रवृत्ति बढ्दो छ।

चीनको प्रोपर्टी मार्केटको यो एउटा देखिएको समस्या हो। सन् २०२१ यता यस्ता धेरै समस्या छन्। चिनियाँ प्रोपर्टी मार्केटमा सबै भन्दा धेरै प्रभाव राखेको एभरग्रान्डेमा यो समस्या सन् २०२१ देखि कै हो। धेरै प्रान्तमा यो समस्या बढी रहेको छ। आनहुइमा यो समस्या अझ धेरै छ। त्यहाँका एक ४२ वर्षीया महिलाले दुई वर्ष अघि नै अपार्टमेन्टका लागि रकम तिरे पनि अझै नपाएको गुनासो गरेकी छन्। उनले एभर ग्रान्डेमा बढ्दै गएको समस्यालाई गम्भीरतापूर्वक नलिएकोमा आफैप्रति गुनासो गरेकी छन्। ‘म रात भरी निदाउन पनि सक्दिन,’ ती महिलाले भनिन्।

भवन निर्माता कहाँ उनीहरू बारम्बार पैसा फिर्ता माग्न पनि गए। उनीहरू गरिब भएका कारण त्यो आवश्यक थियो। तर, निर्माण कम्पनीले उनीहरूको समस्यामा चासो दिएन वा चासो दिए पनि केही गर्न सक्ने अवस्थामा नै थिएन।

त्यस्तो समस्यामा संघाइ पनि परेको छ। बनेको धेरै घरहरू पनि कमजोर अवस्थाका छन्। थुप्रै बन्न बाँकी छन्। कोरोजना कालपछिका यी समस्याका कारण चीन सायद अन्य धेरै धेरै क्षेत्रमा जस्तै प्रोपर्टी मार्केट पनि डुबेको छ। चिनियाँ अर्थतन्त्रको यो ओरालो यात्राका कारण त्यहाँका नागरिकमा परेको समस्याका अन्य धेरै कथा सायद छताछुल्ल हुँदै जाने छन्।
स्रोतः बीबीसी, फिनान्सीयल टाइम्स

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : ०५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी