चुरौटे घटे, कुरौटे बढे | Khabarhub Khabarhub

चुरौटे घटे, कुरौटे बढे

नेपालको सामाजिक मनोविज्ञान र दुखान्त घटनाको श्रृंखला



एक युवक वृद्ध लेखक टल्सटयलाई भेट्न आयो। ऊ एकदमै चिन्तित थियो।
टल्सटयले सोधे- ‘किन चिन्तित छौं ?’
मनको भारी बिसाउँदै भन्यो- ‘मलाई केही पैसा आवश्यक छ। कृपया मेरो मद्दत गरिदिनुस्। म सँग केही छैन। म बर्बाद भएको छु।’
टल्सटयले भने- ‘मेरो एकजना साथी मान्छेको आँखा किनबेच गर्छ। यदि तिमीले आफ्नो आँखा बेच्यौ भने २० हजार त पाइहाल्छौ।’
युवकले डराएर भन्यो- ‘अहँ, म मेरो आँखा बेच्न सक्दिनँ।’
टल्सटयले भने- ‘केही छैन चिन्ता नमान, उसले हातखुट्टा पनि किन्छ। तिम्रो हातखुट्टाको ६० हजार त सजिलै दिन्छ।’
युवकले रिसाउँदै भन्यो- ‘मलाई तपाइँबाट यस्तो अपेक्षा थिएन।’

टल्सटयले शान्त भावमा भने- ‘हेर, म तिम्रो मद्दत गर्न चाहन्छु। यदि धनवान हुनु छ भने तिमीले आफ्नो आँखा र हातखुट्टा उसलाई बेचिदेऊ। उसले यी सबैको एक लाख रुपैयाँ त दिइहाल्छ। तिम्रो सबै चिन्ता पनि हट्नेछ।’
युवकले दृढतासाथ भन्यो- ‘एक लाख त के एक करोड दिए पनि म आफ्नो शरीर बेच्दिन।’

टल्सटयले हाँस्दै भने- ‘अनि कसरी भन्न सक्छौ तिमीसँग केही छैन भनेर ? जबकि यो शरीर पूरै खजाना हो। आफ्नो अमूल्य हात कसैको अगाडि किन फैलाउँछौ ? मेहनत गर, धनको वर्षा आफैं हुनेछ।’

घरमा बसेका तीन पुस्ताबीच अन्तरसंवाद दुर्लभ बन्दै गयो। यो दृष्टान्तले भन्छ- नेपाली कोदो रोपेर, धान भित्र्याउन हुटहुटिनु हाम्रो असली परिचय हो।

नर्सरीदेखि विश्वविद्यालयसम्म कुनै शिक्षकले आफ्नो विद्यार्थीलाई जीवन र जगतको गुढ रहस्य बताउँदैन। घरमा बसेका तीन पुस्ताबीच अन्तरसंवाद दुर्लभ बन्दै गयो। यो दृष्टान्तले भन्छ- नेपाली कोदो रोपेर, धान भित्र्याउन हुटहुटिनु हाम्रो असली परिचय हो। पात्रो पल्टाउँदा तीन दशक भएछ- काठमाडौंको फोहोर ककनी, सिसडोल र बन्चरे डाँडा भनेर जोर विजोरको माथापच्चीमा मिलको फित्ताजस्तै घुमेको घुमेकै छ। त्यतिकै समय भयो शासकले मेलम्ची पानीको सपना देखाएको आखिर त्यो मृगतृष्णामा अनुवाद भएको छ।

यही देश हो- भारत र चीन अन्धकारमा रुमलिँदा श्री ३ चन्द्रशमशेर राणाले फर्पिङमा झलमल्ल बिजुली बालेका थिए। विद्युत प्राधिकरण अहिले भूमिगत तार विछ्याउने अभियानमा लागिरहँदा दशकौंअघि दरबारमार्ग र सिंहदरबारको पश्चिमी गेट अघिल्तिरको फराकिलो सडकमा भूमिगत तार बिछ्याइएको सत्य कसले बुझाइदिने ? राणा शासन हुँदा नेपाली एक रुपियाँको सात पेसो साट्ने सामथ्र्य थियो। काठमाडौंबाट उडेको जहाजले सीधै युरोप जोड्थ्यो। पाँच दशकअघि काठमाडौंबाट जाने दुईतले बसले भारतको बेंगलोरलाई निकट बनाएको थियो। साँच्चै भन्नुपर्दा नेपालमा राणा र राजाले बनाइदिएका पूर्वाधारमा नै गणतन्त्र र संघीयताको नाभी गाढिएको छ।

पात्रो पल्टाउँदा तीन दशक भएछ- काठमाडौंको फोहोर ककनी, सिसडोल र बन्चरे डाँडा भनेर जोर विजोरको माथापच्चीमा मिलको फित्ताजस्तै घुमेको घुमेकै छ। त्यतिकै समय भयो शासकले मेलम्ची पानीको सपना देखाएको आखिर त्यो मृगतृष्णामा अनुवाद भएको छ।

बहुसंख्यक नेपालीले अपराधको राजधानी भनेर चिन्ने भारतको विहारमा हुने ७० प्रतिशत आपराधिक घटनामा नचिनेका मानिसको संलग्नता रहँदा नेपालमा ९० प्रतिशत घटनाको साझेदार चिरपरिचित मानिस हुने गरेका छन्। पतिबाट पत्नी, आमाबाट शिशु , छोराबाट बाउ असुरक्षित छन्। नेपालमा हुने अपराधका चरित्र हेर्‍यो भने तालिवानी फिका हुने अवस्था छ। कतिसम्म भने यहाँ न्यायाधीशबाट न्याय, शिक्षकबाट ज्ञान, पत्रकारबाट कलम, पुलिसबाट अनुसन्धान, पुजारीबाट देवता, कर्मचारीबाट सुशासन र नेताबाट मुलुकको सार्वभौम बचाउनुपर्ने अवस्था बनेको छ। एउटा पेशाको मान्छे अलग पेशामा अब्बल ठहरिने रोगले सम्पूर्ण मुलुक ग्रस्त छ। भर्खरै निस्किएको एउटा तथ्यांकले भन्छ- ३४ प्रतिशतले चुरौटे घटे तर कुरौटे लाखौं गुणा बढेका छन्।

खाडीको तातो तावामा कमाउने एउटा, नेपालमा गौंथलीको बच्चाजस्तो चारो च्याप्न मुख बाएर च्याँच्याँ गर्नेको पारिवारिक भीडले रेमिट्यान्सको हिसाब त बढाएको छ नै, बाकसमा फर्कनेको पीडामा उत्तिनै चूक थप्ने काम गरेको छ। घर फर्किएकाहरु शरीरका ईञ्जिनमा आघात पुर्‍याएर गरी खानु, न मरी जानुको नियति बाँचेका छन्। यो दृश्यले उमारेको प्रश्न हो- हाम्रो सामाजिक परिवेश कता जाँदैछ ? खाडीमा जानेको त पारिवारिक हिसाबकिताब रहला, युरोप अमेरिका भासिनेसँग जोडिएको अनौपचारिक अर्थशास्त्रको जम्काभेट कहाँ होला ?

धेरै नेताले नेपालीलाई कहिले सिंगापुरको सपना देखाए त कसैले युरोपको। तर नेपाललाई नेपालकै साखबाट च्यूत गराउने अभ्यास बाक्लै भए। न हामी विगतको गौरवसँग रमाउन सक्यौं, न आगतको राजमार्ग कोर्न सक्यौं। नेपालको सामाजिक मनोविज्ञान दुखान्त घटनाको श्रृंखला बन्नपुग्यो।

धेरै नेताले नेपालीलाई कहिले सिंगापुरको सपना देखाए त कसैले युरोपको। तर नेपाललाई नेपालकै साखबाट च्यूत गराउने अभ्यास बाक्लै भए। न हामी विगतको गौरवसँग रमाउन सक्यौं, न आगतको राजमार्ग कोर्न सक्यौं। नेपालको सामाजिक मनोविज्ञान दुखान्त घटनाको श्रृंखला बन्नपुग्यो।

राजनीतिमा शोषक सामन्त भनेर वर्षौंदेखि पूर्वाग्रह पाल्न बाध्य गराइएका राजामहाराजाको जीवनगाथा अनपेक्षितसँग पीडाको माला बन्न पुग्यो। राजा ज्ञानेन्द्र र उनका परिवारको जीवनका उराठलाग्दा पाटा सडकमा पोखिए। बुहारीलाई जीवनप्रतिको मोह भंग नगराउन संस्था खोलिदिनुपर्ने बाध्यता लय समात्न गरिएको यत्न हो। युवराज भइसकेका पारसको जीवनशैली एउटा सामान्य नागरिकलाई पनि अत्यास लाग्ने खालको छ। राजा वीरेन्द्र परिवाले बाँचेको जीवनस्तर त झन् समकालीन राजनीतिको वडाध्यक्षभन्दा सादा प्रमाणित भयो। नारायणहिटी संग्रहालय घुम्ने हरेक दर्शकको निष्कर्ष यही हो।

तीन करोड जनताको व्यवस्थापन हेर्ने जिम्मेवारी लिएका नेताहरुले तीन दशकसम्म सत्ता शक्ति हातमा लिँदा पनि आफ्नो जेल जीवनप्रति अनुगृहित हुन जनतालाई एकहोरो प्रेरित गरिरहे। शासन व्यवस्थाको नाम जे दिए पनि त्यसको गन्तव्य कार्यकर्ता र परिवारका सदस्यको व्यवस्थापनभन्दा माथि उठेन। गणतन्त्र भनेर के गर्नु ? प्रश्न गर्ने अधिकार हरेक मञ्चबाट खोसिँदै गएको छ। चुनावका नाममा गठबन्धन नामको ग्याङफाइटलाई लोकतन्त्रको सुन्दर पक्ष भनेर जनता झुक्याउने उपक्रम अद्यावधि चलिरहेकै छ।

युवराज भइसकेका पारसको जीवनशैली एउटा सामान्य नागरिकलाई पनि अत्यास लाग्ने खालको छ। राजा वीरेन्द्र परिवाले बाँचेको जीवनस्तर त झन् समकालीन राजनीतिको वडाध्यक्षभन्दा सादा प्रमाणित भयो। नारायणहिटी संग्रहालय घुम्ने हरेक दर्शकको निष्कर्ष यही हो।

कुनैबेला नेपाल इजरायल र पाकिस्तानलाई स्वतन्त्र देशको मान्यता दिने एकलौटी निर्णय दिने साहसिक कूटनीतिको हकदार थियो। चीनलाई राष्ट्रसंघको सदस्य बनाउन लविङ गरेको थियो। नेपाली कुटनीतिक अधिकारी राष्ट्रसंघको रोष्टममा उभिएर बोल्दा अन्तर्राष्ट्रिय जगतले ठाडा कान लगाउँथ्यो। चीन र जापानको सम्बन्ध बिग्रँदा नेपालका प्रतिनिधि टंकप्रसाद आचार्यले जापान गएर स्थायी समाधान खोजिदिए। पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीले देखाएको साहसको कदर गर्दै कुनै समय नेपालीका लागि युरोपमा अनअराइभल भीसा चल्थ्यो। भियतानाम, थाइल्याण्ड, कोरिया नेपालले पठाएको खाद्यान्नमा रमाउँथे। त्यो साख कहाँ विलायो ?

नागरिकतामा राष्ट्रियता त उचाल्यौं तर आठ सय माइलभन्दा बढी पैदल हिँडेर तिम्रो भूगोलको आकारप्रकार यस्तो छ भनेर चिनाइदिने टोनी हेगेनलाई बिर्सियौं। विकासको अकाट्य खाका कोरिदिने योजनाविद् डा. हर्क गुरुङका नाममा सिंहदरबारको एउटा कोठा समर्पण त गर्‍यौं तर चुनावमा उठ्दा एकाध सय भोटमा सीमित राख्ने नेपाली मतदातालाई त्यो कर्मको पछुतो भएन।

पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीले देखाएको साहसको कदर गर्दै कुनै समय नेपालीका लागि युरोपमा अनअराइभल भीसा चल्थ्यो। भियतानाम, थाइल्याण्ड, कोरिया नेपालले पठाएको खाद्यान्नमा रमाउँथे। त्यो साख कहाँ विलायो ?

नेपालको सामाजिक परिवेशको ऐना उतारिदिने समाजशास्त्री डोरबहादुर विष्ट, देशव्यापी संस्कृति उत्खनन गर्ने योगी नरहरिनाथलाई पूर्वाग्रहको चश्माले हेरेरै आफूभित्रको प्रज्ञा र चेतमाथि धोखाधडीको बन्चरो हान्यौं। आखिर क्षमतालाई आग्रहको पर्दाले कहिले पो छेक्थ्यो र ! मुलुकमा गणतन्त्र आएपछि व्याकुल माइलाले लेखेको राष्ट्रिय गीतमा राजा महेन्द्रले दार्जिलिङबाट काठमाडौं ल्याएर प्राज्ञ बनाएका अमर गुरुङकै संगीत फाप्यो। दार्जिलिङबाटै ल्याइएका हरिप्रसाद प्रधानले मुलुकको शासकीय स्वरुपको आधार मानिने सर्वोच्च अदालतको सम्पूर्ण संयन्त्र बनाइदिए।

साहित्य, संगीत मात्र होइन, बाङ्मयको अवयव सीमापारीबाटै आएका शिल्पीले तयार गरिदिए। हेर्नुस त अहिले घरैपिच्छे स्कुल छन्, प्रज्ञा मौन छ। सयौं न्यायालय छन्, न्याय छैन। एप्रोन लाउने डाक्टर छन्, रोग झनझन् हाबी बन्दैछ। पत्रकार छन्, खबर छैन। ड्राइभर बढ्दा छन्, गन्तव्य दुर्लभ छ। सयौं नेता छन्, नेतृत्व छैन। पुजारी छन्, भक्ति छैन। एम्बुलेन्सभन्दा शव वाहनलाई हतारो छ। सिंहदरबारको अधिकार बाहिर पठाउँछु भन्नेहरु सिंहदरबारलाई असनभन्दा भीड बनाउन हानाथाप गरिरहेका छन्।

अहिले घरैपिच्छे स्कुल छन्, प्रज्ञा मौन छ। सयौं न्यायालय छन्, न्याय छैन। एप्रोन लाउने डाक्टर छन्, रोग झनझन् हाबी बन्दैछ। पत्रकार छन्, खबर छैन। ड्राइभर बढ्दा छन्, गन्तव्य दुर्लभ छ।

कार्यपालिका मात्र होइन अब व्यवस्थापिका र न्यायपालिकाको शक्ति संघर्ष पनि त्यही थलोले व्यहोर्नुपर्ने अवस्था आइपुगेको छ। आगत झन्झन् अत्यासलाग्दो बन्दै गएपछि हिजोकै प्रतिकूल परिस्थिति सम्झिनु नेपालीका लागि गौरवपूर्ण क्षण बन्दै गएको छ। हाम्रो शासकीय क्षमता कति पुड्को भएको छ भने भारत, चीन र अमेरिकाको मौसम हेरेर छाता ओढ्नुपर्ने परिस्थिति बाध्यात्मक बनाइँदैछ।

भोग विलास र सुख सुविधामा होइन, नेताको उचाई इमान्दारी र निष्ठामा चहकिलो बन्दै जान्छ। त्याग नेतालाई खार्ने अचुक अस्त्र हो। विश्वका कुनै पनि राजनेता सुख, दुMखलाई समभावमा हेर्ने चरित्रका कारण मर्यादाको उपल्लो श्रेणीमा पुगेका हुन्। दक्षिण अफ्रिका मात्र होइन, अफ्रिकी भूगोल नै नेल्शन मण्डेलाको नामबाट परिचित छ। अंग्रेजले भारतमा तोप, गोला, बारुदको साम्राज्य जमायो तर त्यो भौतिक तागतले लुरे महात्मा गान्धीले लिएको अहिंसाको ब्रतलाई अलिकति हल्लाउन त के फर्केर हेर्न पनि सकेन्।

अंग्रेजले भारतमा तोप, गोला, बारुदको साम्राज्य जमायो तर त्यो भौतिक तागतले लुरे महात्मा गान्धीले लिएको अहिंसाको ब्रतलाई अलिकति हल्लाउन त के फर्केर हेर्न पनि सकेन्।

दुःखको छायाले कस्को जीवन रुझेको छैन र ? युगपुरुष कहलिएका महात्मा गान्धी आफ्नो बाल्यकालको जीवनगाथा यसरी प्रकट गर्छन्- ‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला। तेस्रोचोटि मेरो चोरी मांसहारी दाजुको सुनको बालाको टुक्राको थियो। उनलाई लगभग २५ रुपैयाँको मामुली कर्जा लागेको थियो। त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौं। मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन्। बाला काटियो कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो। मैले भित्रभित्रै निश्चय गरेँ कहिल्यै चोरी गर्ने छैन्। मलाई लाग्यो- मैले यो कुरा पिताजीलाई भन्नुपर्छ। मुख खुलेन। मैले चिट्ठीमा दोष कबुल गर्दै सजाय माग गरेँ। चिट्ठी दिँदा मेरा हात कामेका थिए। उहाँले चिट्ठी पढ्नुभयो। आँखाबाट आँसु झार्नुभयो। चिठ्ठी आँसुले भिज्यो। म पनि रोएँ। बुबाको दु:ख बुझेँ। यदि म चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रोसँग तयार गर्न सक्थें।’

जीवनको उत्तरार्द्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटा आखिर श्रीकृष्ण रहेछ एकको निष्कर्षमा मात्र पुगेनन् कि बाँच्नुको पीडा सहन गर्न नसकेर मृत्युको भीख माग्थे। उनले त्यो तीतोलाई यसरी पोखेका छन्- ‘मैले आफूलाई शान्ति दिन सकिन। म उठ्न सके आफैं आत्महत्या गर्ने थिएँ। अनि मेरा बालबच्चालाई पनि…। म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्न। अरुले मलाई बुद्धिजीवी भनेता पनि म आफ्नो निम्ति मूर्ख भएँ, अन्धो भएँ। म त्यो ज्योतितिर ढल्कन खोज्दछु तर अन्धकारले मलाई बोलाइरहन्छ। म त्यो असह्य वेदना खप्न सक्दिन। पोटासियम साइनाइट दिए, म उसलाई जीवनको सच्चा साथी सम्झने थिएँ। म अपराधी हुँ, त्यसैले म अपराध मेट्न चाहन्छु।’

आगत झन्झन् अत्यासलाग्दो बन्दै गएपछि हिजोकै प्रतिकूल परिस्थिति सम्झिनु नेपालीका लागि गौरवपूर्ण क्षण बन्दै गएको छ। हाम्रो शासकीय क्षमता कति पुड्को भएको छ भने भारत, चीन र अमेरिकाको मौसम हेरेर छाता ओढ्नुपर्ने परिस्थिति बाध्यात्मक बनाइँदैछ।

गीतामा भनिएको छ- ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसँग यति छ पछि अरु थपिन्छ, मैले यो शत्रु मारें, अरु पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान पनि मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ने ठान्ने मूर्खहरु राक्षसी श्रेणीमा जन्मेका नीच हुन।’
जबसम्म पाप पाक्दैन तबसम्म मिठो हुन्छ। तर फल लाग्न थालेपछि भने पीडा दिन्छ यसले। राजा जनकको प्रवृतिपथ धनको बीचमा रहुन, पलायनवादी संस्कृतिको जन्म नदेउ। जंगलमा भागेर केही बन्नेवाला छैन। व्यक्तिको आचरण वा लोकापवादबाट लागेको दुख होस सारा कुराको निवारण भोग्ने नभई जाग्नेबाट हुन्छ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : २१ बजे

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको