प्रधानमन्त्री दाहाल महोत्तरीमा « Khabarhub

प्रधानमन्त्री दाहाल महोत्तरीमा


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै महोत्तरी पुगेका छन् ।

आज बिहान ९ बजे बुद्ध एयरको उडानमार्फत जनकपुर हुँदै उनी महोत्तरीको बर्दिबास पुगेका हुन् । दाहाल बर्दिबासमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी त्यहाँ पुगेका हुन् ।

कार्यशालामा पार्टीको ३ महिने रूपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समीक्षा हुने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । अहिले महोत्तरीको बर्दिबासस्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रीय सदस्यहरूसँग बैठक प्रारम्भ भएको छ ।

बैठकबाट नै रूपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसँग रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटब्युरो सदस्य राजु खड्काले जानकारी दिए ।

यसपछि प्रधानमन्त्री  प्रचण्ड महोत्तरीकै गौशाला नगरपालिकामा पुग्ने कार्यक्रम छ । गौशालामा झण्डै १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्किने छन् ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : ०३ बजे

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा