प्रधानमन्त्री दाहाल महोत्तरीमा « Khabarhub

प्रधानमन्त्री दाहाल महोत्तरीमा


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै महोत्तरी पुगेका छन् ।

आज बिहान ९ बजे बुद्ध एयरको उडानमार्फत जनकपुर हुँदै उनी महोत्तरीको बर्दिबास पुगेका हुन् । दाहाल बर्दिबासमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी त्यहाँ पुगेका हुन् ।

कार्यशालामा पार्टीको ३ महिने रूपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समीक्षा हुने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । अहिले महोत्तरीको बर्दिबासस्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रीय सदस्यहरूसँग बैठक प्रारम्भ भएको छ ।

बैठकबाट नै रूपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसँग रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटब्युरो सदस्य राजु खड्काले जानकारी दिए ।

यसपछि प्रधानमन्त्री  प्रचण्ड महोत्तरीकै गौशाला नगरपालिकामा पुग्ने कार्यक्रम छ । गौशालामा झण्डै १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्किने छन् ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : ०३ बजे

कपिलवस्तुमा हवाइ फायर गरेर लागुऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ