मुलुकको अर्थतन्त्रले लय समाउँदै छ : अर्थमन्त्री महत « Khabarhub

मुलुकको अर्थतन्त्रले लय समाउँदै छ : अर्थमन्त्री महत


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन– अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको  बताए । उनले अर्थतन्त्रमा पूर्ण सुधार आउन भने अझै केही समय लाग्ने स्पष्ट पारे ।

उनले भने, ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।’

अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको उल्लेख गर्दै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताए ।

उनले भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा  जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै त्यसको प्रतिफल आउन ढिला भएको स्पष्ट पारे । उनले भने, ‘घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ ।’

ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थप लगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको उनको भनाइ छ ।

सञ्चारकर्मीको जिज्ञासामा उनले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताए । उनले भने, ‘हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच  गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।’

आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए ।

फरक प्रसङ्गमा अर्थमन्त्री डा. महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको  स्पष्ट पारे ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : २३ बजे

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई

अमेरिकाले स्वीकार्‍यो : इरानी आक्रमणमा कम्तीमा १०० सैनिक घाइते

तेहरान- अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते