एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग (विज्ञप्तिसहित) « Khabarhub

एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग (विज्ञप्तिसहित)


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न विद्यार्थी सङ्गठनहरूले एनसेल माथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आज एक संयुक्त विज्ञप्‍ति जारी गर्दै विद्यार्थी सङ्गठनहरूले एनसेलले नेपालको कर प्रणाली छलेर शेयर खरिदबिक्री गरेको र यसबारे नियमनकारी निकायलाई जानकारी नदिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गरिनुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा कानुन बमोजिम नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै अनुमति र स्वीकृति प्रदान गर्ने निकायहरूले देखाएको उदासिनता माथि पनि सरकारले कारबाही अघि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल छैठौँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी देशको सुशासन, विकास र अग्रगतीलाई बाधा पुर्‍याउन उद्धत एनसेलका सम्पूर्ण कारोबारीहरूलाई तत्काल रोकेर अनुसन्धान र कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।’

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : ०७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या