कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा विपन्न परिवारलाई बीउ वितरण « Khabarhub

कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा विपन्न परिवारलाई बीउ वितरण


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ । केन्द्रको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रमअनुसार विपन्न लक्षित वर्गलाई मिनी किट वितरण गर्न लागेको हो । 

कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनकबहादुर सिंहका अनुसार कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका विपन्न वर्गको आर्थिकसँगै पोषणमा सुधार ल्याउने उद्देश्यले च्याउ, मकै, धान र तरकारीको बीउ वितरण भइरहेको छ ।

‘च्याउ पाँच सय, गहुँ एक हजार पाँच सय, मकै पाँच सय, धान एक हजार मिनी किट वितरण गर्ने लक्ष्य राखेका छौँ’, प्राविधिक सिंहले भने, ‘कृष्णपुरको वडा नं ५ स्थित मुक्त कमैया शिविर र शुक्लाफाँटा नगरपालिकाको वडा नं ४ र १० मा च्याउखेतीका लागि मिनी किट वितरण गरिएको छ ।’ यसअघि गहुँ र तरकारीको मिनी किट बीउ वितरण गरिसकिएको छ भने धान र मकैको मिनी किट वितरण गर्ने कार्य केही दिनपछि हुने छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १२ : ३४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण