नारायण गोपालको ३३औँ स्मृति दिवस मनाइयो « Khabarhub

नारायण गोपालको ३३औँ स्मृति दिवस मनाइयो


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वरसम्राट नारायण गोपालको ३३औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो । उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । 

स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरेको छ । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।

वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले थुप्रै कालजयी गीत गाउनुभएको छ ।

उनका ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘झरेको पात झैँ भयो जिन्दगी’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘केही मीठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ जस्ता गीतहरू चर्चित छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : ४३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर