पाँचौ विश्व मिडिया शिखर सम्मेलनमा कुनमिङ पहल पारित « Khabarhub

पाँचौ विश्व मिडिया शिखर सम्मेलनमा कुनमिङ पहल पारित


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कुनमिङ– पाँचौ विश्व मिडिया शिखर सम्मेलन (युनान, चीन) मा सहभागी प्रतिनिधिहरूले मंगलबारको शिखर सम्मेलनको उद्घाटन समारोहमा कुनमिङ पहललाई स्वीकार गरेका छन् ।

दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ सहरमा आयोजित पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (युनान, चीन) मा करिब ३० मुलुक र क्षेत्रका मिडिया आउटलेट, अन्तर्राष्ट्रिय संस्था, बुद्धिजीवीसहित करिब ८० संस्थाका तीन सयभन्दा बढी प्रतिनिधिहरू सहभागी रहेका छन् ।

शिखर सम्मेलनका लागि कुनमिङ पहलअनुसार प्रतिनिधिहरूले ‘विश्वव्यापी आत्मविश्वास बढाउँदै, मिडिया विकासको प्रवर्द्धन’ भन्ने विषयअन्तर्गत व्यापक र गहन छलफल गरेका छन् ।

उनीहरूले डिजिटल युगमा विश्व मिडिया उद्योगले सामना गरेका अवसर र चुनौतीहरूको विश्लेषण गरे । साथै आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धन गर्न मिडियाको भूमिका र जिम्मेबारी पत्ता लगाउँदै मानव विकासको कथालाई राम्रोसँग सुनाउने र विश्वको साझा विकासको प्रवर्द्धन गर्नेबारे छलफल गरे । 

पहलले विश्वव्यापी मिडियाले पृथ्वीमा सबै जीवको समुदायको अवधारणालाई समर्थन गर्न, सबै मुलुकको पारिस्थितिक प्रगति र दिगो विकासलाई पालना गर्न, वातावरणले मानिसलाई फाइदा पुर्याउने मूल्यहरूको प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय समुदायलाई संयुक्तरूपमा मातृभूमि निर्माण गर्न तथा मानव र प्रकृतिबीचको मेलमिलाप, अर्थतन्त्र र वातावरणको समन्वित विकास र सबै मुलुकको साझा विकासलाई प्रोत्साहित गर्न जोड दिएको छ । 

पहलले भनेको छ, ‘विश्वव्यापी मिडिया सहर र उद्यमहरूको कथाको राम्रो कथाकार हुनसक्छ, विभिन्न दृष्टिकोणबाट राष्ट्रिय छवि प्रदर्शन गर्नसक्छ र विभिन्न संस्कृतिहरूको आदानप्रदान तथा अन्तरक्रियालाई प्रवर्द्धन गर्न र विभिन्न मूल्यहरूको प्रतिध्वनिलाई प्रवर्द्धन गर्नसक्छ ।’

मिडियाले फाइभ जी (५जी), बिग डेटा, क्लाउड कम्प्युटिङ, कृत्रिम बौद्धिकता र अन्य सूचना क्रान्ति विकासका उपलब्धिहरूको तर्कसङ्गत प्रयोग गर्न, समाचार संकलन तथा प्रसारण मोडेलको आविष्कार गर्न, बौद्धिक र डिजिटल परिवर्तनमा तीव्रता ल्याउन र विश्वव्यापी मुलुकहरूको आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धनलाई जारी राख्न समेत जोड दिएको छ ।

प्रतिनिधिहरूले शिखर सम्मेलनले आपसी समझदारी अभिवृद्धि, मित्रतालाई प्रगाढ, सुदृढ सहमति र चुनौतीहरू सम्बोधन गर्न तथा पारस्परिकरूपमा लाभदायी विकास हासिल गर्न विश्वव्यापी सञ्चारमाध्यम सहयोगलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्

सोमबारदेखि सुरु भई आगामी शुक्रबारसम्म चल्ने पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (युनान, चीन) लाई सिन्ह्वा समाचार समिति र युनान प्रान्तीय सरकारले आयोजना गरेका हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ०८ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको