पर्यटन क्षेत्रबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री किराती « Khabarhub

पर्यटन क्षेत्रबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री किराती


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फिक्कल– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । 

इलामको प्रमुख पर्यटकीय क्षेत्र माङमालुङको भ्रमणपछि मन्त्री किरातीले देशको पर्यटन क्षेत्रको अधिकतम उपयोग गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्न सकिने बताएका हुन् । 

नेपाल विश्व पर्यटनको केन्द्र बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउँदै उनले भने ,’यहाँका हरेक ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन् । यहाँका विभिन्न जातजातिको संस्कृति, परम्परा एवं सभ्यता पर्यटकका लागि आकर्षक छन् । धेरैभन्दा धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’

मन्त्री किरातीले प्रकृति र संस्कृतिको संयोजनबाट नै पर्यटन प्रवर्द्धन हुने बताउँदै भने- ‘हाम्रो प्राकृतिक संरचनाजस्तो छ, त्यसको मौलिकता नमासिने गरी विकास गर्नुपर्छ । अनिमात्रै विदेशी पर्यटक नेपाल भित्र्याउन सकिन्छ ।’ उनले भने माङमालुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ३३ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको