६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई पालिकाको १० हजारसहित बिदाई  « Khabarhub

६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई पालिकाको १० हजारसहित बिदाई 


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

दोलखा– आज २०औं अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपाल लगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार जिल्लाको बैतेश्वर गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरेर मनाएको छ। 

बैतेश्वर गाउँपालिकाले ६० वर्ष पुगेका ६ जना महिला स्वास्थ्य स्वयं सेविकालाई नगदसहित सम्मान साथ बिदाइ गर्दै दिवस मनाएको हो। पालिकाले ६० वर्ष उमेर नाघेका वडा नम्बर -७ का ६ महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई नगद १० हजारका दरले नगदसहित सम्मान पत्रकासाथ बिदाइ गरेको हो।  

बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले ६ जना महिलालाई पालिकाको तर्फबाट जनही १० हजार र बागमती प्रदेशले उपलब्ध गराएको ५ हजार सहित ६ जना  स्वयं सेविकालाई सम्मानसाथ बिदाइ गर्नु भएको हो । ८ वडा रहेको बैतेश्वर गाउँपालिकामा हाल १ सय ४७ जना स्वयं सेविकाले सामुदायिक स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको बैतेश्वर गाउँपालिका स्वास्थ्य अधिकृत बाबुलाल लामाले जानकारी दिए। महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड रहेको पालिका अध्यक्ष लामाले बताए । 

उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेकाले गाउँपालिकाले बिदा हुने महिला स्वयं सेविकालाई र काम गरिरहेकालाई सम्मान होस् भने उद्देश्यले चालु वर्षमा ५ लाख बजेट विनियोजन गरेको बताए ।

बैतेश्वर गाउँपालिकाले चालु वर्षमा महिला स्वास्थ्य स्वयं सेविकालाई खाजा खर्च र यातायात खर्चको लागी ५ लाख  बजेट छुट्याएको थियो। २०४५ साल देखि महिला स्वयं सेविका बनेर काम गर्दै आएका  वडा नम्बर-७ का रामप्यारी खड्का, जानुका रिमाल, सीता भण्डारी, गंगा माया श्रेष्ठ, गंगामाया रिमाल, तुलमाया भण्डारीलाई आज देखि उमेरहदका कारण बिदाई गरिएको हो।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ३६ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात