६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई पालिकाको १० हजारसहित बिदाई  « Khabarhub

६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई पालिकाको १० हजारसहित बिदाई 


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

दोलखा– आज २०औं अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपाल लगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार जिल्लाको बैतेश्वर गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरेर मनाएको छ। 

बैतेश्वर गाउँपालिकाले ६० वर्ष पुगेका ६ जना महिला स्वास्थ्य स्वयं सेविकालाई नगदसहित सम्मान साथ बिदाइ गर्दै दिवस मनाएको हो। पालिकाले ६० वर्ष उमेर नाघेका वडा नम्बर -७ का ६ महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई नगद १० हजारका दरले नगदसहित सम्मान पत्रकासाथ बिदाइ गरेको हो।  

बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले ६ जना महिलालाई पालिकाको तर्फबाट जनही १० हजार र बागमती प्रदेशले उपलब्ध गराएको ५ हजार सहित ६ जना  स्वयं सेविकालाई सम्मानसाथ बिदाइ गर्नु भएको हो । ८ वडा रहेको बैतेश्वर गाउँपालिकामा हाल १ सय ४७ जना स्वयं सेविकाले सामुदायिक स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको बैतेश्वर गाउँपालिका स्वास्थ्य अधिकृत बाबुलाल लामाले जानकारी दिए। महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड रहेको पालिका अध्यक्ष लामाले बताए । 

उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेकाले गाउँपालिकाले बिदा हुने महिला स्वयं सेविकालाई र काम गरिरहेकालाई सम्मान होस् भने उद्देश्यले चालु वर्षमा ५ लाख बजेट विनियोजन गरेको बताए ।

बैतेश्वर गाउँपालिकाले चालु वर्षमा महिला स्वास्थ्य स्वयं सेविकालाई खाजा खर्च र यातायात खर्चको लागी ५ लाख  बजेट छुट्याएको थियो। २०४५ साल देखि महिला स्वयं सेविका बनेर काम गर्दै आएका  वडा नम्बर-७ का रामप्यारी खड्का, जानुका रिमाल, सीता भण्डारी, गंगा माया श्रेष्ठ, गंगामाया रिमाल, तुलमाया भण्डारीलाई आज देखि उमेरहदका कारण बिदाई गरिएको हो।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ३६ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ