एनसेलको खरिदबिक्री छानबिन गर्न सत्ता गठबन्धन सहमत « Khabarhub

एनसेलको खरिदबिक्री छानबिन गर्न सत्ता गठबन्धन सहमत


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठकमा एनसेलको स्वामित्व खरिदबिक्री शंकास्पद भएको भन्दै छानबिन गर्ने सहमति भएको हो छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बेलुका बसेको गठबन्धनको बैठकमा एनसेलको खरिदबिक्री अस्वभाविक भएको भन्दै छानबिन गर्ने सहमति भएको हो ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कानुन अनुसार सरकारी स्वीकृति लिएर कम्पनी खरिदबिक्री गर्नुपर्ने भएपनि त्यो नभएको कुरामा दलहरु एकमत भएको जानकारी दिए । बैठकले एनसेलको स्वामित्व खरिदबिक्री शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने सहमती भएको उनले बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ५३ बजे

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र