भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य « Khabarhub

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी १९ वर्षमुनिको एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको बताएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज गरेको बिदाइ कार्यक्रममा कप्तान खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने लक्ष्य रहेको बताएका हुन् ।

१९ वर्षमुनिको एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको समूह ‘ए’ मा छ ।

नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको १९ वर्षमुनिको टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको बताए ।

राष्ट्रिय टोलीले पनि राम्रो गरिहेको र आफूहरू पनि हरेक खेलमा ध्यान दिएर अगाडि बढ्ने उनको भनाई छ ।

भारत र पाकिस्तानसँगको खेलमा राम्रो रन बनाउनु वा विकेट लिनु युवा टोलीका लागि राम्रो अवसर रहेको उनको भनाइ छ ।

१९ वर्षमुनिको एसिया कप यही शुक्रवारदेखि पुस १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : १५ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२