नेपालीलाई रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा १२ जना पक्राउ « Khabarhub

नेपालीलाई रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा १२ जना पक्राउ


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली नागरिकलाई रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा १२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा द्रोण डाँगी, दिपेन परियार, सुवास लामा, मनिष न्यौपाने, रोजल महर्जन, क्षितीज गिरी, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन् । उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले भिजिट भिसामा नेपालीलाई रुस पठाउने गरेका थिए । रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको निधन भएसँगै प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ती हुन पठाउनेलाई पक्राउ गरेको हो ।

मृत्यु हुनेहरुमा गोरखाका सन्दिप थपपिलया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवार राई, पुतलीबजार स्याङजाका प्रितम कार्की, मेलुंग दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हालैमात्र सरकारले रुस युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुसलाई अनुरोध गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ९ : २२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति