रुसी सेनामा भर्ना हुन सघाएको आरोपमा १२ जना पक्राउ « Khabarhub

रुसी सेनामा भर्ना हुन सघाएको आरोपमा १२ जना पक्राउ


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल छन् ।

उनीहरुले भिजिट भिसामा नेपालीलाई भारतको बाटो हुँदै रुसमा पठाएको र त्यहाँको सेनामा भर्ती हुन सघाएको आरोप छ ।

रुसी सेनामा कार्यरत रहँदा हालै ६ जना नेपाली नागरिकहरुको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

सरकारले रुसी सेनामा भर्ना नगर्न मस्कोसँग माग गरेको छ । रुसको सेनामा भर्ना गर्ने नेपाल सरकारको नीति नभएपनि बिचौलियाहरुले अवैध बाटो हुँदै त्यहाँ लगेर भर्ना गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको