सङ्गठनविरुद्ध गलत प्रचार गर्नेमाथि कारबाही हुन्छ : प्रधान सेनापति शर्मा « Khabarhub

सङ्गठनविरुद्ध गलत प्रचार गर्नेमाथि कारबाही हुन्छ : प्रधान सेनापति शर्मा


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेपाली सेनाका कामकारबाहीहरू अनर्गल प्रचारबाजी भइरहेको बताएका छन् ।

मंगलबार जंगी अड्डामा ‘कमान्डिङ अफिसर ओरिएन्टेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सञ्चार माध्यमहरूको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित सञ्चालन प्रक्रियालगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेको बताएका हुन् ।

उनले भने, ‘असंख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहीत स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरूको दुष्प्रयासले नेपाली सेना कमजोर हुने छैन ।’

साथै उनले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हितप्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध रहेको बताए।

आफू र प्रधानमन्त्रीको बीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधान सेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेकोजस्ता कुरा गलत भएको उनको भनाई छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : ०५ बजे

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र