‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ? « Khabarhub

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु गर्दैछन् । यसमा एक हुन् अमिताभ बच्चनका नाति अगस्त्य नंदा ।

अगस्त्यको डेब्यूलाई लिएर यति बेला पूरै बच्चन परिवार उत्साहित छ । सामाजिक सञ्जालमा आफ्नो पोष्टमार्फत अगस्त्यले आफ्ना फ्यानहरुलाई फिल्मबारे कयौँ जानकारी दिइरहेका छन् । हालै भने उनले शाहरुख खानकी छोरी सुहाना खानबारे एउटा खुलासा गरेका थिए ।

द आर्चिज अगस्त्य नन्दा र सुहाना खानको साथमा अभिनेत्री श्रीदेवी र फिल्म मेकर बोनी कपुरकी कान्छी छोरी खुसी कपुरको पनि डेब्यु फिल्म हो । यति बेला बलिउडमा द आर्चिज र यसका स्टारकाष्टबारे व्यापक चर्चा भइरहेको छ ।

हालैमात्र अगस्त्य र सुहानाको एउटा भिडियो भाइरल बनेको थियो । भिडियोमा अगस्त्यले सुहानालाई ‘तिमीलाई मैले लामो समयदेखि चिनेको छु । म प्रमाणित गर्न सक्छु कि तिमी सबैभन्दा कम हँसिमजाक गर्छौ ।’

अगस्त्यको यो अभिव्यक्तिप्रति सुहाना भन्छिन्, ‘हो, तर हँसिमजाक गर्ने र अरुको खिल्ली उडाउनु दुबैमा धेरै नै फरक छ, ।’ भिडियोमा अगस्त्यले सुहाना गसिपिङ क्वीन हो भनेर भनेको सुनिन्छ । सुहानालाई कुनै पनि सिक्रेट भन्नै सकिन्न । किनकि उसको पेटमा केही कुरै अट्दैन । अगस्त्यको यो कुरा सुनेर सबै जना हाँस्न थाल्छन् ।

द आर्चिजमा मिहिर अहुजा, वेदांग रैन पनि छन् । शाहरुख खान आफ्नो छोरीको डेब्युलाई लिएर निकै उत्साहित छन् । आगामी वर्ष सुहानाले शाहरुखसँग ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।
स्रोत एएनआइ

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ११ : १२ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत