नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता « Khabarhub

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात व्यापार सम्बन्धी सम्झौता भएको छ ।

व्यापार वृद्धिमा सहयोग पुर्‍याउन उदेश्यका साथ नेपाल बैंक लिमिटेडले ‘इएक्सआइएम बैंक इन्डियासँग ‘ट्रेड ऐसीस्टेन प्रोग्राम’ अन्तर्गत सम्झौता गरेको हो ।

नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक हो। नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकको व्यापक छलफलपछि हस्ताक्षर भएको हो।

दुई संस्थाबीच सम्पन्न हस्ताक्षर कार्यक्रममा बैंककी कामु प्रमुख कार्यकारी अधिकृत समता पन्तले भनिन्, ‘हामी एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं। आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरिनेछ।’

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ११ : १९ बजे

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर