सम्झना कप टेबलटेनिस माघ तेस्रो साता हुने « Khabarhub

सम्झना कप टेबलटेनिस माघ तेस्रो साता हुने


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच बुधबार प्रायोजन सम्झौता पनि भएको छ। ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौता पत्र आदान प्रदान भयो।

सो सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपियाँ मध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेरटीले वेहोर्ने बताइएको छ।

प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, थाइल्यान्ड, युएइ, जापान, फ्रान्स, इङ्गल्यान्ड, दक्षिण कोरियाका करबि पाँच सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितमा पुरुष-महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा खेल हुने छ। एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दस हजार तथा तेस्रोलाई पाँच हजारबाट पुरस्कृत गरिने छ। प्रतियोगितको कूल पुरस्कार राशी पाँच लाख रहेको छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : ३३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५