महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव « Khabarhub

महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते कामपाले सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

उक्त सूचनाका आधारमा १० क्षेत्रगत कार्यक्रमका लागि ती प्रस्ताव पेस भएका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोरखेलले जानकारी दिए । महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो । यो कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको छ । रु एक करोड विनियोजन भएको खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई सहयोग कार्यक्रमका लागि २६ प्रस्ताव आएका छन् ।

यसैगरी लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसाविरुद्धको अभियान, अपाङ्गताका क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य, विभिन्न स्रष्टाको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदानलगायतका लागि रकम विनियोजन गरिएको छ । आएका प्रस्तावमध्ये कार्यक्रमको प्रकृति, लक्षित वर्ग, भौगोलिक अवस्थाजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा अपुग भएका क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी थप काम अघि बढाउने कामपाले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : ४९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग