राजदूत भण्डारी र कुवेतका सभामूखबीच भेटवार्ता  « Khabarhub

राजदूत भण्डारी र कुवेतका सभामूखबीच भेटवार्ता 


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतको संसदका राष्ट्रिय सभाका सभामूख अहमद अब्दुलअजीज अल-सदौनबीच कुवेत सिटीस्थित उनको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा राजदूतले भण्डारीले सभामूख अल-सदौनलाई कुवेतको राष्ट्रिय सभाका सभामुखको सम्मानित पदमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

भेटका अवसरमा उनीहरुबीच नेपाल र कुवेतबीचको द्विपक्षीय सम्बन्ध एवं आपसी हितका विषयमा कुराकानी भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

यस क्रममा उनीहरुबीच विशेषतः द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप विकसित र विस्तार गर्दै लैजाने, दुई देशका संसदहरू बीचको सम्बन्धलाई थप गतिशील बनाउनेबारेमा पनि छलफल भएको थियो।

साथै, भ्रमणको आदान-प्रदान लगायत कुवेतको श्रम बजारमा नेपालीहरूको सहभागिता एवं पछिल्लो समयमा कुवेतमा नेपाली कामदारले भोग्नुपरेको समस्या आदिबारे कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ५२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग