बैतडीमा भू-वर्गीकरणको काम नहुँदा समस्या « Khabarhub

बैतडीमा भू-वर्गीकरणको काम नहुँदा समस्या


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्लामा भू-वर्गीकरणको काम अघि नबढ्दा समस्या भएको छ । छ महिनाभित्र सक्नेगरी ‘भू-उपयोग ऐन २०७६’ कार्यान्वयन गराउने भन्दै सरकारले गत जेठ २३ गते नियमावली बनाएकामा  तोकेको समय सीमा सकिएकाले ऐनको अभावमा हालसम्म कुनै पनि स्थानीय तहले जग्गाको वर्गीकरण थालेका छैनन् । 

स्थानीय तहहरूले भू-वर्गीकरणको काम नथाल्दा  व्यवहारिक तथा व्यावसायिक कामका लागि जग्गाको कित्ताकाट गर्नुपर्ने सेवाग्राहीलाई समस्या भएको छ । मङ्सिर महिनाभित्रै भू-वर्गीकरण गरिसक्नुपर्ने भए पनि अहिलेसम्म एउटा पालिकाले पनि भू-वर्गीकरणको काम नगर्दा समस्या भएको सिगासका  भू-सेवा व्यवसायी पदम रोकायाले बताए । 

स्थानीय तहहरुले भू-वर्गीरकरण नगरेकै कारण अशंबण्डा, कित्ताकाटलगायत काम रोकिएका छन् । उनले भने, ‘नियमावली कार्यान्वयनमा नआउँदा जग्गाको कित्ताकाट र रजिस्ट्रेशन तथा दृष्टिबन्धक पास गर्ने काम भएको छैन । जग्गा कित्ताकाट नभएपछि अंशबण्डा र जग्गा किनबेच गर्नेका लागि सबैभन्दा ठूलो समस्या भएको छ ।’

जग्गा वर्गीकरण नहुँदा र कित्ताकाट पनि रोकिँदा बैंकिङ कारोबारलगायत क्षेत्रमा पनि समस्या भएको छ । वर्गीकरणको काम नसक्दा त्यसको मार राजश्व संकलनमा पनि परेको छ । एउटा प्रयोजनका लागि वर्गीकरण गरिएको जग्गा अर्को प्रयोजनबाट उपयोग गर्न नपाउने गरी स्थानीय आवश्यकताबमोजिम स्थानीय सरकारले जग्गालाई १० किसिमबाट वर्गीकरण गर्नसक्ने व्यवस्था छ ।

यसैबीच यहाँका १० वटै स्थानीय तहलाई भू-वर्गीकरणको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आग्रह गरे ।  कार्यालय प्रमुखहरूको बैठकमा भू-वर्गीकरणको काम यथाशीघ्र अघि बढाउनुपर्ने गरी निर्णय भएको उनको भनाइ थियो । प्रजिअ पन्थीले भने, ‘जिल्लास्थित सबै पालिकालाई यथाशीघ्र स्थानीय सरोकारवाला, नापी तथा मालपोत कार्यालयसँग समन्वय गरेर भू-वर्गीकरण गरी त्यसको जानकारी नापी कार्यालयलाई गराउनुपर्ने  निर्णय गरिएको छ ।’

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  २ : १० बजे

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन

राँझा– बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न सङ्घलाई आग्रह

काठमाडौं– पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काठमाडौं– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट

एजेन्सी- तेलको मूल्य लगातार बढ्न थालेपछि विश्वभरका शेयर बजारमा शुक्रबार उल्लेख्य

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

घोडाघोडी– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम