नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै | Khabarhub Khabarhub

नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पर्ने नारायणी नदी किनारमा तटबन्धसहितको सडक निर्माण अगाडि बढाइएको छ । तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो । नारायणी नदी व्यवस्थापनसहित सडक निर्माणका लागि गैँडाकोटतर्फ नारायणी नदी व्यवस्थापन एवं तटबन्धन आयोजना अघि बढेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए । 

संघीय सरकारको नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत सञ्चालन हुने यस आयोजनाले गैँडाकोटका वडा नम्बर २, ६ र ९ लाई समेट्ने रिजालको भनाइ छ । ‘निर्माण कार्यका लागि एक महिना अगाडि नै काठमाडौँको मूलपानीस्थित निर्माण व्यवसायी ‘श्री रमण-त्रिवेणी जेभी’सँग सम्झौता भइसकेको छ’, उनले भने, ‘यही मङ्सिर २७ गतेदेखि आयोजनाको काम सुरु भइसकेको छ । उक्त आयोजना विसं २०८२ जेठ १८ गते सम्पन्न गर्नेगरी मङ्सिर १५ मा सम्झौता भएको रिजालले बताए । आयोजनाको लागि आवश्यक पर्ने क्रसर प्लान्ट गैँडाकोट-६ मा स्थापना गरी वडा नम्बर-९ बाट आयोजनाको काम सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए । आयोजनाअन्तर्गत गैँडाकोटमा चार हजार नौ सय ४५ मिटर बाटो उकाससहित कङ्क्रिट ब्लकको तटबन्धन हुनेछ । 

गैँडाकोट-६ का वडाध्यक्ष सुभाष चापागाईँका अनुसार वडा नम्बर २ मा पाँच सय मिटर, वडा नम्बर ६ मा छ सय ३० मिटर, वडा नम्बर ९ मा छ सय ६५ मिटर, विपी अन्तर्राष्ट्रिय खेलग्राममा तीन हजार एक सय ५० मिटर बाटो उकाससहित कङ्क्रिट ब्लकको तटबन्ध निर्माण हुनेछ । तटबन्धसहित नदी किनारमा बन्न लागेको सडकको उचाइ नदीको सतहबाट सात दशमलव आठ मिटर तथा चौडाइ १२ मिटरको हुने जनाइएको छ । उक्त आयोजना संघीय सरकारको एक अर्ब ९७ करोड ६८ लाख ८१ हजारमा सम्झौता भएको हो ।

कुसुमघाट-थुम्सी आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गराउन आवश्यक पर्ने निर्माण सामग्री नदीबाटै उत्खनन गरिने वडाध्यक्ष चापागाँईले जानकारी दिए । आयोजना निर्माण कार्यका लागिमात्र प्रयोग गर्नेगरी आयोजनाको आवश्यकताअनुसार नदीजन्य पदार्थ उत्खनन तथा उत्पादन गर्न अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन अनुमति प्रदान गरिएको उनले बताए । 

निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि सुवास तिमल्सिनाबाट निवेदन पेश भएअनुरूप ठेक्का सम्झौता बमोजिम अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन गर्न दिइएको गैँडाकोट नगरपालिकाले जनाएको छ । नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख शंकर कँडेलका अनुसार जल, जमिन, ध्वनि तथा वायु प्रदूषण नियन्त्रण विधि तथा उपाय अवलम्बन गरी क्रसर प्लान्ट स्थापनाका लागि अनुमति प्रदान गरिएको छ । 

पुस ८ गते बसेको गैँडाकोट नगरपालिकाअन्तर्गतको नगर विपद् व्यवस्थापन समितिले नदी किनारमा तटबन्धसहितको सडक निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने निर्णय गरेको कँडेलले बताए । आयोजनाको क्याम्प तथा क्रसर प्लान्ट स्थापनाका लागि करिब चार बिघा जमिन भाडामा उपलब्ध गराइने उनको भनाइ छ । 

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नगरको भाडा निर्धारण समितिबाट यथोचित भाडा निर्धारण गरी कार्यालयले तोकेको स्थानमा क्याम्प तथा क्रसर प्लान्ट स्थापना गर्न सहमति प्रदान गरिएको बताए। 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  २ : ५७ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई