नगरपालिकाको समन्वयमा विद्यालयलाई प्रविधिमैत्री सामग्री « Khabarhub

नगरपालिकाको समन्वयमा विद्यालयलाई प्रविधिमैत्री सामग्री


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बनेपा– नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको हो । पाँचखालका नगर प्रमुख महेश खरेलले नगरभित्रका सबै विद्यालय प्रविधिमैत्री बनाउनुका साथै गुणस्तरीय शिक्षामा जोड दिएको बताए । उनले त्यसका लागि आवश्यक पूर्वाधार र सामग्रीको व्यवस्थापन गर्दै आएको बताए। 

‘नयाँ प्रविधिले शैक्षिक गुणस्तर बढाउन सहयोग पुग्ने भएकाले नगरले प्रविधिमैत्री शिक्षामा जोड दिँदै आवश्यक सामग्रीको व्यवस्थापनमा पहिलो प्राथमिकता दिएका छौँ’, उनले भने। विद्यालयलाई सामग्री हस्तान्तरणसँगै कक्षाकोठा व्यवस्थापनमा विशेष ध्यान दिन प्रधानाध्यापकलाई उनले आग्रह गरेका छन् ।

कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले प्राप्त सामग्रीको सदुपयोग गर्न विद्यालय प्रशासनलाई अनुरोध गरेका छन् । नगरका प्रवक्ता एवं उज्यालो नेपालका उपाध्यक्ष सञ्जय तामाङले विद्यालयलाई आवश्यकताका आधारमा टिभी, प्रिन्टर, ल्यापटप, प्रोजेक्टर तथा कक्षाकोठा व्यवस्थापनमा सहयोग गरेको बताए। उनका अनुसार आठ लाख ६० हजार बराबरको सामग्री वितरण गरिएको छ ।

पाँचखाल-३ का वडाध्यक्ष सुन्दर अधिकारी, नगरपालिका शिक्षा शाखाका अनुसार प्रमुख उदय कोइराला, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख खरेलले सामग्री हस्तान्तरण गरेका हुन् ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ४ : ०४ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार