वीरगञ्जमा एक मजदुरको मृत्यु « Khabarhub

वीरगञ्जमा एक मजदुरको मृत्यु


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।

बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाइते भएकोमा उनको वीरगञ्ज नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बहुदरमाई नगरपालिका वडा नम्बर ४ तिलावे खोलाको छेउमा छठघाटमा जानका लागि भर्‍याङ बनिरहेको थियो । भर्‍याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको ९सेटिङ० निकाल्दा अचानक भत्किएर दुई जना मजदुरलाई किचेको थियो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : २३ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी