राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा देशाई नियुक्त  « Khabarhub

राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा देशाई नियुक्त 


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् ।  करिब एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई नियुक्त गर्न बाटो खोलेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र राईले युवा तथा खेलकुद मन्त्रालयले पारित गरी आएको पत्र क्यानलाई पठाइसकिएको जानकारी दिए ।

औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई अनौपचारिक प्रशिक्षण गराइरहेका छन् । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिबिया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।

लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवसीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : २४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति