कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती « Khabarhub

कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा– कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुनसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ । 

सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली राजमार्गमा ढुक्क साथ यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीयको भनाइ छ । सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालीकोटको पचालझरनाका स्थानीय कटकबहादुर बमको भनाइ छ । 

‘हामी  वर्षौँदेखी जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ’, उनले भने, ‘कहिले धुलाम्मे त कहिले हिलाम्मे सडकमा यात्रा गर्दा  दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।’

कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । सुर्खेतको बीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दही खोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ । 

सडक डिभिजनमार्फत टुक्रे मर्मत-सम्भारका काम हुँदै आएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर चित्र चौलागाईंले भने, ‘ठाउँ ठाउँमा हामीले स्तरोन्नति गरिरहेका छौँ । तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो क्षमताले गर्न सक्ने काम गरिरहेका छौँ ।’

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात सहसचिव एवम् (प्रवक्ता) मन्त्रालयका शिवप्रसाद नेपालले स्रोत नहुँदा कर्णाली राजमार्ग स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको बताए । ‘अहिले नेपाल सरकार उक्त राजमार्ग निर्माणका लागि स्रोतको खोजीमा छ’, उनले भने ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : ३५ बजे

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं– आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने

चालु आवको दुई महिनामा वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढ्यो, घाटा ३ खर्ब २४ अर्ब ९३ करोड नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालको