प्रदेश १ प्रदेशसभाद्वारा अध्यादेश पारित « Khabarhub

प्रदेश १ प्रदेशसभाद्वारा अध्यादेश पारित


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ को प्रदेशसभाले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ (४) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्रीका तर्फबाट सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव पेस गरेका थिए ।

सङ्घीय निजामती सेवा ऐन आइनसकेको अवस्थामा प्रदेशमा रिक्त दरबन्दीमा कर्मचारी व्यवस्थापन गर्न सो अध्यादेश ल्याएको मन्त्री राजभण्डारीले प्रष्ट पारे ।

यसैगरी, प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १३ बमोजिमको कार्यव्यवस्था परामर्श समितिका सदस्यको विवरणसहित प्रदेशसभा नियमावली मस्यौदाका लागि गठित समितिको विवरण पनि सभामुख बाबुराम गौतमले सार्वजनिक गरे ।

आठ मिनट चलेको सदनमा तीन मिनेटपछि नेपाली कांग्रेसका सांसद केदार कार्कीले नियमापत्ति जनाएका थिए । उनले जनताको समस्या अवगत गराइने शून्य समय हटाएको र सदन मिलोमतोमा चलाएको आरोप लगाए । प्रदेश सभाको अर्को बैठक भोलि अपरान्ह १ बजे बस्नेछ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : १९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति