पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप उच्च : राष्ट्र बैंक « Khabarhub

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप उच्च : राष्ट्र बैंक


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप उच्च रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ ।

समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा सात दशमलव ४९ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा छ दशमलव ६९ प्रतिशत मुद्रास्फीति रहेको छ ।

बैंकका अनुसार २०७८ को पुस महिनामा यी क्षेत्रमा क्रमशः पाँच दशमलव २८ प्रतिशत, छ दशमलव १५ प्रतिशत, पाँच दशमलव ३४ प्रतिशत र पाँच दशमलव २२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गत पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव २६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति पाँच दशमलव ६५ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ५७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५६ प्रतिशत र मदिराजन्य पेय पदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ ।

त्यस्तै गैैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १६ दशमलव ४३ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशत, विविध वस्तु तथा सेवाको आठ दशमलव ६८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको आठ दशमलव ३३ प्रतिशतले मूल्य बढेको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको