राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति बढ्यो « Khabarhub

राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति बढ्यो


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पछिल्लो छ महिनामा विदेशी मुद्राको सञ्चिति बढेको पाइएको हो । विसं २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा गत पुस मसान्तमा आठ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा गत पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा गत पुस मसान्तमा तीन दशमलव चार प्रतिशतले कमी आई एक खर्ब ५३ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । गत पुस मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव छ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : ५१ बजे

भरतपुर सबस्टेसन वैशाख र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न हुने

लमजुङ – मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२०

पाँचखालको तरकारीमा घट्यो विषादी अवशेष

काभ्रे – पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको

खाली जमिनमा खेती गर्न थाल्यौँ भने हामी बाँच्छौँ

देशमा पछिल्लो समय बढेको बेतिथिका कारण मानिस यो देशमा भविष्य

बारामा आगलागीबाट छ घर–गोठ नष्ट

कलैया – बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ

बैंकको रकम लुट्ने तीन जना पक्राउ, डाँका मुद्दामा म्याद थप

सिराहा -सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई