राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त « Khabarhub

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रशिक्षक देशाईले आगामी दिनमा नेपाली राष्ट्रिय क्रिकेट टीमले राम्रो गर्ने बताए ।

उनले प्रशिक्षणमा क्रममा खेलाडीहरुले राम्रो क्षमता देखाएको उल्लेख गरे । आफ्नो अहिलेको योजना १२ वटा एकदिवसीय खेल खेल्ने र नेपालको एकदिवसीय मान्यता जोगाउने तर्फ नै केन्द्रित रहेको उनको भनाइ छ ।

त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले १० दिनअघिदेखि प्रशिक्षण सुरु गरेपनि केही प्रक्रिया सक्न ढिलाइ भएकाले सार्वजनिक गराउन ढिलो भएको बताए ।

उनले राष्ट्रिय क्रिकेटको भविष्यलाई हेरेरै देशाईलाई मुख्य प्रशिक्षक बनाएर ल्याएको धारणा राखे । उनले सन्दीप लामिछाने सम्पूर्ण कानूनी र व्यावसायिक प्रक्रिया पूरा भएपछि मात्रै बन्द प्रशिक्षणमा आएको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक गरेको हो । क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो ।

मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ६ : ११ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा