सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनुपर्छ : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनुपर्छ : राष्ट्रपति भण्डारी


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको सडक व्यवस्थापन गर्न सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्ने बताएकी छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज काठमाडौँ उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुखसँगको भेटमा उनले काठमाडौँ उपत्यकामा बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण दैनिक ट्राफिक जामको समस्या भोगिरहेको हुँदा त्यसलाई व्यवस्थित बनाउन जरुरी रहेको बबताएकी हुन् ।

“हामी सबैले दैनिकरूपमा अनुभव गर्ने एउटा समस्या सवारी जाम हो, बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण हामीले दैनिकरूपमा ट्राफिक जामको समस्या भोगिरहेका छौँ”, राष्ट्रपति भण्डारीले भनिन्, “यो समस्या समाधानका लागि सडक चौडा गरेर मात्र पुग्दैन, साना सवारी साधनभन्दा ठूला सवारी साधनलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनु पर्दछ ।”

उपत्यकामा सवारी साधनको पार्किङको समस्या पनि जल्दोबल्दो समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले यो समस्याको दिगो समाधानका लागि नगरपालिका तथा सम्बद्ध निकायहरूले समन्वयात्मक पहल गर्नु आवश्यक रहेको बताईन् ।

काठमाडौँ उपत्यकाका सहरहरूलाई व्यवस्थित आधुनिक सहरका रूपमा विकास गर्न सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय पालिकाहरूका साथै काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विद्युत् प्राधिकरण, ट्राफिक प्रहरी, उपत्यका खानेपानी लिमिटेड एवं पुरातत्व विभाग जस्ता सरकारका विशिष्टीकृत निकायहरूबीच आपसी समन्वयको आवश्यकता रहेको उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले भनिन्, “उपत्यकाका सहरहरूलाई सभ्य सहरका रूपमा विकास गर्न भएका पुस्तकालय तथा वाचनालयलाई सुदृढ तुल्याउनाका साथै निश्चित दूरीभित्र सार्वजनिक पुस्तकालयको उपलब्धतालाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन पनि म स्थानीय पालिकासहित सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्न चाहन्छु ।”

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : ०८ बजे

पञ्चेबाजा र हुर्केउली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ 

धनगढी– संस्कृति र सभ्यता मानव समाजका सम्पत्ति हुन् । मानवको परिचय

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं– देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू, छैनन् विद्यार्थी

म्याग्दी– विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र

दाउन्ने सडक फेरि अवरुद्ध

काठमाडौं – महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दाउन्ने सडकमा सवारी