रङको एलर्जीबाट बच्ने तरिका « Khabarhub

रङको एलर्जीबाट बच्ने तरिका

जति धेरै समय रङ छालामा राख्यो त्यत्ति नै असर गर्छ


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज होलीको दिन तपाईंहरू पनि होली खेल्ने तयारीमा लाग्दै हुनुहुन्छ होला। होलीको दिन एक आपसमा रङ लगाएर रमाइलो गर्दै खेल्ने गरिन्छ। हर्ष र उल्लासको पर्वका रूपमा पनि होली मनाइन्छ। तर होली खेल्दा सावधानी नअपनाए स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । रङ लगाउनु भन्दा अगाडि कपालमा तेल लगाउने, मुखमा क्रिम लगाउने, नङमा नेलपोलिस लगाउने गर्नुपर्छ। प्रमुख त रङछान्दा विशेष ख्याल गर्नुपर्छ। जति गाढा रंग हुन्छ, त्यसमा त्यति नै धेरै केमिकल मिसाइएको हुन्छ। यस्तो रङको प्रयोग गर्नु अघि विशेष ख्याल राख्नु पर्ने चिकित्सकहरुको भनाइ छ।

आजभोलि बजारमा पाइने रङ टल्किने र देख्दा निकै आर्कषक देखिने खालका हुन्छन्। यस्ता रङमा सिसा मिसाइएको हुन्छ त्यो छालामा पर्ने बित्तिकै छाला चिलाउने, पोल्ने, रातो हुने अलि लामो समयसम्म रह्यो भने छाला फुटेर समस्या पनि हुन्छ। रङलगाएपछि सकेसम्म छिटो पखाल्नु पर्छ। जति धेरै समय रङ राख्यो त्यति असर गर्छ। रङलाई माइल्ड सैम्फु र माइल्ड फेसवासले सफा गर्नुपर्छ। तर धेरै मिचेर धुनु हुँदैन। कसैमा पहिलेबाट छाला सम्बन्धी समस्या छ भने होलीको रङले झन् समस्या बढ्न सक्ने छाला रोग विशेषज्ञ डा. सविना भट्टराईको भनाइ छ।

कपालको लागि कसरी सावधानी अपनाउने ?
– सकेसम्म कपालमा रङ लगाउनु हुँदैन यदि लगाउनै परेमा तेल लगाएर मात्र लगाउने र रङ लगाएपछि माइल्ड सैम्फुले कपाल धुनुपर्छ।
– होली खेल्ने समय कपाल खुला नराख्ने, बरु कपालमा रुमाल वा स्कार्फ बाँध्ने। यसो गर्दा रङ सिधै कपालमा पर्दैन।
– होली खेल्नु भन्दा पहिले कपालमा हेयर कण्डिशनरको प्रयोग गर्ने। यसले कपाललाई विभिन्न रङबाट सुक्खा हुन दिँदैन। कन्डिसनरलाई १० मिनेट कपालमा राख्दा त्यसले कपाल नरम बनाउन मद्दत गर्दछ।

होली खेल्दा आँखाको सुरक्षामा ध्यान दिनुस्
– होलीको रङ पर्न नदिन चस्मा लगाउने,
– इनामेल प्रयोग भएको रङ प्रयोग नगर्ने,
– रङ परिहालेमा आँखा मिच्नु हुँदैन र पटकपटक पानीले पखाल्नु पर्छ। आँखा सुन्निएर रातो भयो भने डाक्टरको परामर्श लिनुपर्छ।

रङको एलर्जीबाट बच्ने तरिका
– होली खेल्नुभन्दा पहिले आफ्नो फेसमा मोइश्चराइजर क्रिम, सनब्लक वा लोसन लगाउने।
-सकेसम्म प्राकृतिक रङको प्रयोग गर्दा निकै राम्रो हुन्छ।
-छाला र आँखामा लागेको रङ पखाल्न तुरुन्त चिसोपानीको प्रयोग गर्नुपर्छ।
-रंग धुन बेसन, दही र गुलाबजलको प्रयोग गर्दा निकै राम्रो हुन्छ।
(छाला रोग विशेषज्ञ डा. सविना भट्टराईसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ३३ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले