सुटिङका क्रममा बलिउड अभिनेता बच्चन घाइते « Khabarhub

सुटिङका क्रममा बलिउड अभिनेता बच्चन घाइते


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्मी सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् । 

एक्सन सिनको सुटिङका क्रममा करङमा चोट लागेपछि उनको हैदरावादमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको र हाल मुम्बईस्थित आफ्नो घरमा आराम गरिरहेका छन् । उनी प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङमा थिए ।  

आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अमिताभले मांसपेशी फुटेको, हिँड्डुल गर्न र श्वास फेर्न पनि समस्या भइरहेको बताएका छन् ।
सुटिङ रद्द गरिएको जानकारी दिएका उनले औषधि सेवन गरिरहेको र निको हुन केही समय लाग्ने बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ३ : २३ बजे

टोली लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली  शेरबहादुर देउवालाई

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल