तनहुँमा विकास बजेट खर्च न्यून | Khabarhub Khabarhub

तनहुँमा विकास बजेट खर्च न्यून


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली– संघीय र प्रदेश सरकारमार्फत तनहुँका लागि विनियोजित विकास बजेट खर्च न्यून रहेको छ । चालु आर्थिक वर्ष २०७९-८० का लागि यहाँ विनियोजित विकास बजेट खर्च न्यून देखिएको हो । संघीय सरकारमार्फत विनियोजित विकास बजेटमध्ये चालु वर्षको हालसम्मको अवधिमा आठ दशमलव ६९ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये सोही अवधिमा १३ दशमलव ३१ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । 

‘योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुन्छ । बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा केही समय लाग्ने भएकाले सुरुका महिनामा काममा ढिला हुने गरेका खर्च पनि कम देखिएको हो’, कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए। आवको अन्तिममा धेरै बजेट खर्च हुने गरेको उनको भनाइ छ । 

संघीय सरकारमार्फत तनहुँका लागि पूँजीगततर्फ तीन अर्ब १५ करोड ७२ लाख ६० हजार तीन सय ९० विनियोजन भएको थियो । छ महिनाको अवधिमा रू २७ करोड ४३ लाख ७२ हजार एक सय ७५ खर्च भएको छ । 

आन्तरिक राजस्व कार्यालयका लागि पूँजीगततर्फ तीन करोड ३८ लाख ६५ हजार विनियोजन भएकामा ८४ लाख तीन हजार एक सय ३८ खर्च भएको छ । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका लागि दुई करोड २६ लाख ५० हजार विनियोजन भएकामा २५ लाख १८ हजार एक सय ७४ खर्च भएको छ । 

त्यस्तै भानुभक्त प्राणी उद्यानका लागि एक करोड ३५ लाख ४० हजार विनियोजन भएकामा ५० हजार खर्च भएको छ । सडक डिभिजन कार्यालयका लागि रू ६० करोड ९१ लाख विनियोजन भएकामा आठ करोड ५४ लाख ६८ हजार चार सय ६० विनियोजन भएको छ ।

 मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का लागि दुई अर्ब नौ करोड ९९ लाख ६८ हजार विनियोजन भएकामा १३ करोड चार लाख ८२ हजार आठ सय ६७ खर्च भएको छ । नयाँ सहर आयोजना कार्यालयका लागि रू २६ करोड १५ लाख विनियोजन भएकामा ५४ लाख ३८ हजार पाँच सय २२ खर्च भएको छ ।

प्रदेश कार्यालयको खर्च १३ दशमलव ३१ प्रतिशत

गण्डकी प्रदेश सरकार मातहत तनहुँमा रहेका कार्यालयको विकास खर्च पनि निराशाजनक छ । साउनदेखि हालसम्म विकास खर्च १३ दशमलव ३१ प्रतिशत मात्रै रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । पूँजीगततर्फ रू दुई अर्ब ६९ करोड ४३ लाख ३१ हजार बजेट विनियोजन गरिएकामा छ महिनामा रू ३५ करोड ८८ लाख ६१ हजार दुई सय २३ खर्च भएको जनाइएको छ ।

व्यावसायिक किट विकास केन्द्रका लागि रू एक करोड २५ लाख ४० हजार विनियोजन गरिएकामा रू २१ लाख ७५ हजार छ सय २८ खर्च भएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका लागि रू १० करोड चार लाख ५० हजार विनियोजन गरिएकामा रू एक करोड ३२ लाख ७६ हजार दुई खर्च भएको छ । पूर्वाधार विकास कार्यालयका लागि रू एक अर्ब ७२ करोड २४ लाख ३१ हजार विनियोजन गरिएकामा रू २२ करोड ५२ लाख ५३ हजार चार सय ४० खर्च भएको छ भने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका लागि रू २१ करोड ५१ लाख विनियोजन गरिएकामा रू दुई करोड १९ लाख ९५ हजार आठ सय २० खर्च भएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका लागि रू ४३ करोड ६० लाख विनियोजन गरिएकामा रू सात करोड ६७ लाख सात सय ४४ खर्च भएको छ । घरेलु तथा साना उद्योग कार्यालयका लागि पूँजीगततर्फ रू एक करोड ९२ लाख ४० हजार विनियोजन गरिएकामा हालसम्म खर्च भएको छैन ।  

प्रदेश मातहतका कार्यालयका लागि चालुतर्फ रू ८४ करोड ४६ लाख तीन हजार ६७ विनियोजन गरिएकामा रू १६ करोड ३६ लाख ४१ हजार छ सय २९ खर्च भएको छ । चालु र पुँजीगत गरी कूल रू ५२ करोड २५ लाख दुई हजार आठ सय ५३ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ४ : ५० बजे

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका