कागती पानीका फाइदा « Khabarhub

कागती पानीका फाइदा

तौल घटाउनेदेखि सुगर कम गर्नसम्म सहयोगी


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हामी बिहान उठेर पानी पिउँछौँ। कतिपयले त कागती पानी पिउने पनि गर्नुहुन्छ। यसले हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्छ। हामीलाई स्वस्थ राख्न यसले मद्दत गर्छ। कागतीलाई विभिन्न समस्याको समाधानका रूपमा वा एक प्रकारको घरेलु औषधिकै रूपमा लिने गरिन्छ। आयुर्वेदमा पनि कागतीलाई विभिन्न समस्या समाधानको रामवाण नै मान्ने गरिन्छ। कागती पानी जुनसुकै समयमा पानी पिउन सकिन्छ।

कागतीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ। कागती पानीको सेवनले तौल घटाउनदेखि लिएर पेट सफा गर्नेसम्मको काम गर्छ। बिहान खाली पेटमा कागती पानी सेवन गरेमा यसले शरीरको विकार पदार्थ निकाल्नुका साथै स्फूर्ति पैदा गर्छ। हामीले खाएको खाना पचाउने कामसमेत गर्छ र प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन राख्ने काम गर्दछ।

यो गर्मी मौसममा कागती पानीलाई सर्बत भनेर पानी पिउने गरेको चिकित्सक बताउँछन्। गर्मीको मौसममा त झन् कागती पानी पिउँदा एकदमै फाइदा हुन्छ। यसले प्यास मेटाउनाको साथै शरीर स्वस्थ राख्छ।

खाली पेटमा कागती पानी पिउनुका फाइदा
-बिहानै कागती पानी पिउनुका फाइदालाई विभिन्न बुँदामा उल्लेख गर्नु उपयुक्त हुन्छ।
पेट सफा हुन्छ,
-दैनिक खाली पेटमा कागती पानीको सेवन गर्दा हाम्रो पेटमा भएका विकार सहजै बाहिर निस्किन मद्दत गर्छ,
-कागती पानीले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ। कागती पानीको नियमित सेवनले पत्थरीलाई बाहिर निकाल्नसमेत मद्दत गर्छ,
-हरेक दिन कागती पानीको सेवन गरे मिर्गौलामा पत्थरी बन्न नै पाउँदैन।

रक्तसञ्चार सम्बन्धी रोग लाग्दैन
रक्तसञ्चारसँग जोडिएका हरेक समस्यामा कागती पानीले धेरै फाइदा पु¥याउँछ। बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ति राख्न र शरीरमा पानीको कमी हुन दिँदैन।
मुखको गन्ध कम हुन्छ
कागतीको सेवनले मुख गनाउने समस्या समाधान हुन्छ। शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ।
जोर्नीको पीडा कम गर्छ
शरीरका विभिन्न जोर्नीमा हुने दुखाई कम गर्नुका साथै युरिक एसिडलाई कम गराउन मद्दत गर्छ।
तौल घटाउन सहयोग पुग्छ
बिहान खाली पेटमा खाएको कागती पानीले शरीरको तौल घटाउन एकदमै मद्दत गर्छ। त्यसैले बिहान उठेर एक गिलास कागती पानी पिउनु निकै फाइदाजनक मानिन्छ।
छालामा निखार
कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ। छालाका दागधब्बा सफा हुन्छन्। कागती काटेर अनुहारमा लगाउँदा पिम्पलको समस्याबाट बच्न सकिन्छ र अनुहार चम्किलो हुन्छ।

साथै कागती पानीको सेवनले मस्तिष्कलाई पोषित गर्न र स्नायु कोष स्वस्थ राख्न पनि निकै सहयोग पुर्याउँछ। यसले मधुमेह रोगीका लागि समेत धेरै फाइदा गर्छ। रुघाको उपचारका लागि पनि कागती पानी निकै लाभदायक मानिन्छ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ७ : ०१ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा