उद्यमी–व्यवसायीलाई बाबुरामको सुझाव – ‘रणनीतिक मुद्दामा केन्द्रित बनौँ’   « Khabarhub

उद्यमी–व्यवसायीलाई बाबुरामको सुझाव – ‘रणनीतिक मुद्दामा केन्द्रित बनौँ’  


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका उद्यमी व्यवसायी बिचौलिया बनेर बॉच्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावको सन्दर्भमा बिहीबार ट्विट गर्दै उनले उद्यमी व्यवसायी  उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन्। ‘देशको अर्थतन्त्र, राजनीति, राज्य विचौलियाहरूको कब्जामा गैरहेछ ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन ! यो कहिलेसम्म?’ उनले प्रश्न गरेका छन्।

खुला सिमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिएको र सस्तो श्रम निर्यात तथा महँगो वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको उनले बताएका छन्। ‘बाच्छाले साँढेसँग जुध्न नसके झैँ हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौँ’, उनले लेखेका छन्।

नेपालको औसत प्रतिव्यक्ति आय विश्वको भन्दा १० गुना कम रहेको भन्दै उनले यसलाई विश्वको हाराहारीमा पुर्‍याउन केही दशक निरन्तर दुई अंकको वृद्धिदर चाहिने उल्लेख गरेका छन्। सुगौलीसन्धि यता नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर १५ गुना नाघेको उनको दाबी छ। ‘नेपालका उद्यमी व्यवसायीहरूको छाता संगठनको राष्ट्रिय सम्मेलनको संघारमा टाउकाको ओखती नाइटामा भने झैं अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणका मुद्दामा विमर्श केन्द्रित गरौं’ उनले सुझाव दिएका छन्।

‘हाम्रो ४० वर्षको औसत वृद्धिदर ४ प्रतिशत वरपर मात्र छ! जबकि हाम्रा छिमेकी र अरू एसियाली देशले यो वीचमा ठूलो फड्को हानिसके’, उनले भनेका छन्।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १० : ५० बजे

धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा

निर्वाचन १० दिन बाँकीः निर्वाचन प्रचारमा नजान जनप्रतिनिधिलाई आग्रह

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

धादिङ दुर्घटना अपडेट : चार महिला र १३ पुरुषको शव भेटियो

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा

पोखराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : १७ जनाको मृत्यु, मध्यरातमा यसरी भयो उद्धार

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा