धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ : मन्त्री किराँती « Khabarhub

धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ : मन्त्री किराँती


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन  र प्रवर्द्धन  गर्नुपर्ने बताएका छन् । 

शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको  आज शिलान्यास गर्दे उनले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए। मन्त्री किराँतीले भने,’स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता हो । कुरा मात्र गर्ने र काम नगर्ने खालका परम्परा अन्त्य गर्नुपर्छ ।’

शङ्खरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले पुराना कलासंस्कृति र धार्मिक क्षेत्रलाई बचाउनुपर्छ भने । कार्यक्रममा बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्वशान्ति झ्याङछुप छ्योर्तेन निर्माण सम्पन्न भएपश्चात् काठमाडौँमा नयाँ पर्यटकीय क्षेत्र थपिने बताए। 

विश्वशान्ति झ्याङछुप छ्योर्तेनका अध्यक्ष बासु तामाङले बागमती प्रदेशबाट २५ लाख बजेट विनियोजना भएको जानकारी दिए। उनका अनुसार निर्माण सम्पन्न गर्न करिब पाँच करोड लाग्ने अनुमान गरिएको छ । चैत्य निर्माण उपभोक्ता समितिद्वारा निर्माण गर्न लागेको सो झ्याङछुप छ्योर्तेन ७० फिट अग्लो हुने जनाइएको छ । 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ४ : ४३ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर