म्याग्दीको बराह तालको जैविक विविधता नासिँदै | Khabarhub Khabarhub

म्याग्दीको बराह तालको जैविक विविधता नासिँदै


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँको सिरानमा रहेको बराह तालको जैविक विविधता नास हुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यता पाइने चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयले बताएका छन् ।

गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गरेपनि पछिल्लो समय रैथाने चरा देखिन छोडेका र ताल सफा गर्ने चरा पनि कम हुँदै गएका स्थानीय टेकबहादुर पुनले बताए ।

निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा ताल हेर्न पाइन्छ । झण्डै दुई रोपनीमा फैलिएको तालको जैविक विविधता संरक्षणमा स्थानीय तहको ध्यान जान आवश्यक रहेको ताल अवलोकनमा आएका पोखराका धनमणि अर्मजाले बताए ।

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा अवस्थित ताल र आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् । तालमा वन जङ्गल र हिमाल देखिने प्रतिविम्ब छायाँसमेत आकर्षकरूपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए ।

पातपतिङ्गर परेमा चराले सफा गर्ने गरेको मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीत सुन्न पाइन्छ ।

ताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्न पुग्ने गरेका छन् । तालको पर्यटन प्रवद्र्धन गर्न जैविक विविधताको संरक्षण गरी पर्यावरणीय शुद्धता कायम गर्न पालिकामार्फत आवश्यक पहल गरिने वडाध्यक्ष पुनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ६ : ४३ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी