जीवनशैली नै योग हो | Khabarhub Khabarhub

जीवनशैली नै योग हो

'मन जति शान्त हुन्छ अनुहारमा चमक त्यत्ति नै देखिन्छ'


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

योगी राम पाण्डे योग साधक र योग प्रशिक्षककार रूपमा विगत २७ वर्षदेखि सक्रिय छन्। उनले योगसँग जोडेर आफ्नो कला प्रस्तुत गर्दै आएका छन्। नेपाल आफैमा योग भूमि तथा साधनाको भूमि हो भनेर विभिन्न ग्रन्थमा उल्लेख गरेको पाउँछौं। त्यसलाई सदुपयोग गर्न हामीले सकेको अवस्था छैन। योग साधना र योगले मानव जीवनमा पुर्याउने फाइदा वा लाभ कति हुन्छ ? एउटा व्यक्तिको लागि योग किन आवश्यक छ ? कस्तो व्यक्तिको लागि अझ धेरै योग साधना आवश्यक छ ? जीवनमा योगले पुर्याउन सक्ने योगदान के हुनसक्छ ? यसका सबल पक्ष के के हुन सक्छन् ? यी र यस्तै विषयमा आधारित भएर योगी राम पाण्डेसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं योगसँग कसरी जोडिनुभयो ?
म स्कुल पढ्दासम्म धेरै राम्रो विद्यार्थी हुँ। त्यसपछि धेरै नै बिग्रिएको मान्छे। राम्रो र नराम्रो के रहेछ भनेर जीवनलाई हेर्ने हो भने त्यहाँबाट म स्पष्ट रूपमा बुझ्छु। त्यो ३–४ वर्षले मलाई योगतिर मोडेको हो। यो समयले योग भनेको के हो भनेर मलाई गहिरोसँग सिकायो। यो एकदम नै सानो समय हो। त्यो ३–४ वर्षले मलाई धेरै ज्ञानका कुरा सिकायो। मैले भलिबल धेरै राम्रो खेल्ने गरेको थिएँ। मैले परिवारले मलाई दिएको संस्कार पालना नै गरिन। तर पनि परिवारले यो गर त्यो नगर भन्नु भएन। म खुला आकाशको चरा जस्तो वातावरण तथा परिवारमा हुक्र्रिएको व्यक्ति हुँ।

तपाईंको कलाकार बन्ने चाहना र व्यक्तिमा आएको परिवर्तनलाई कसरी मिलाएर अगाडि बढ्नुभयो ?
चाहनाहरू मान्छेमा बदलिँदै जान्छ। मान्छेको सोच इच्छा बदलिँदै जान्छन्। कलाकार हुने रहर थियो। त्यसको लागि काम पनि गरेँ। मसँग कला सम्बन्धी धेरै ज्ञान छ। मैले अरूलाई धेरै कुरा सिकाएको छु। योग ध्यान गर्ने कुरामा कलाले धेरै सहयोग गरेको छ।

योगको उद्गम बिन्दु कुन बेलामा सुरु गर्नुभएको थियो। कुन बेलामा तपाईंलाई योग गर्नु भनेको कठिन कार्य थियो ?
जुन बेलामा म योग गर्दर्थेँ त्यो बेलामा फिटनेस शिक्षक थिएँ। कसैले मलाई योग गर्नुस् राम्रो हुन्छ मात्र भनेको थियो। मलाई योग भनेको तन्किने मात्र हो जस्तो लाग्थ्यो। तर मलाई नेपालको नै एक जना व्यक्तिले अनुरोध गरे र शुल्क पनि तिरिदिए। विश्वास गर्न लायक मान्छेले यसरी योग गर्न अनुरोध गरेपछि मैले नकार्न सकिन। कुनै कुरा प्रमाणित नभई म त्यसकार्यमा ध्यान नदिने खालको व्यक्ति हुँ। अनुसन्धान गरेँ, खोज गरेँ। मैले अहिले गर्दै गरेको काम त प्रमाणित भएको रहेछ। अनि साँच्चै नै हुन्छ यस्तो भन्ने धारणा आयो। त्यसपछि अभ्यास गरेँ। सुरुको ३९ दिनको अभ्यास सकियो। त्यो दिन म धेरै रोएको थिएँ।

योगको प्रशिक्षण दिने कार्य कुन समयमा हात पार्नुभयो ?
लगभग एक वर्षको अभ्यासपछि म प्रशिक्षण दिन थालेँ। धेरै योजना पार गरेको र जीवनलाई अर्को तरिकाले जिउने वातावरण निर्माण भइसकेको थियो। म सबै भन्दा चाँडो प्रशिक्षक भएको हुँ।

कस्तो व्यक्तिले योगलाई अपनाउन सक्छ ?
योग त्यति असजिलो कुरा होइन। धेरैले गरेका छन्। यो जहाँ पनि अभ्यास गर्न सकिन्छ। जीवनशैली नै योग हो। जुन कुरामा आनन्द आउँछ त्यो ध्यान तथा योग हो। ध्यान एकाग्र गर्नु पनि पर्दैन। युट्युबबाट भने हामीले सिक्न सकिँदैन। पतञ्जलीले भनेको अनुसार योग गर्ने हो भने धेरै सहज छ। सजकताका साथ योग गर्नुपर्छ। कार्य गर्दा विशेष ध्यान दिनुपर्छ। विना गुरु केही पनि पाइँदैन। योग भनेको खाना खानु पनि हो। सुत्नु योग हो। सुत्दा कोल्टे फेर्नु तपाईंको तनावको कारण मात्र हो। कोल्टे फेर्दा खाना पचाउने कार्यमा सहायता गर्छ। नकारात्मक ऊर्जा भएको मान्छे बढी छटपटाउँछ। मान्छेको तीन घण्टामा गहिरो निन्द्रा समाप्त हुन्छ। तर हामी सुत्ने भनेको कम्तीमा ६ घण्टा हो। गहिरो निन्द्रामा हतपत कोल्टो फेर्दैनन्। योग गुरुको साथमा रहेर सिक्नुस्। अनि सहज हुन्छ। ध्यानको कुरामा पनि मान्छे अनुसार सबैलाई गराउन सकिन्छ। तर फरक पनि हुनसक्छ। यो सहज छ। भनिन्छ योग गर्न भाग्यमा लिएर आउनु पर्ने हुन्छ। त्यस कारण पनि सबै यो पक्षमा लाग्न नसकेका हुन्। योगको मूल मन्त्र नै नकारात्मक कार्यमा पनि सकारात्मक गुण देख्न सक्ने क्षमता निर्माण गर्नु हो।

योग जानेर गर्दा र नजानेर गर्दा के हुने रहेछ ?
मैले पहिला नजानेर गरेको थिएँ। त्यो बेला जीवनमा अनौठो काम गर्न मनलाग्ने अहमताको भावना धेरै थियो। त्यसकारण मैले आफूले आफूलाई नै हानी गरेको थिएँ। ममा पागलपना नै थियो। गर्नु नै नहुने भए पनि गरिहाल्ने खालको मान्छे थिएँ। त्यस कारण म मृत्युको मुखमासमेत पुगेको छु।

योगको माध्यमबाट मुहार कसरी चम्काउन सकिन्छ ?
हामी बाहिरी चिजको जति पनि प्रयोग गर्छौँ। त्यसले बाहिरी रूपमा राम्रो गर्छ। जबसम्म हाम्रो चित्र राम्रो छैन तबसम्म बाहिर राम्रो या चमक नै देखिँदैन। शरीर भित्रको विकारलाई फाल्नु पर्छ। मन जति शान्त हुन्छ अनुहारमा पनि त्यसको चमक देखिन्छ। जो मान्छे भित्र राम्रो हुन्छ त्यो अवश्य बाहिर राम्रो हुन्छ। शरीर भन्दा सयौँ गुणा ठूलो मन हो। अनुहारको लागि खाना अति आवश्यक छ। अहिलेको खाना राम्रो छैन। खाना खान नजानेर हृदयाघात हुन्छ। यो रोग होइन खानेकुराको रियाक्सन नमिलेर हुने कुरा हो।

मान्छेलाई अहिले बाहिरी आवरण तथा रूप नै प्यारो भएको छ। आवरण बनाउने उपाय के हो ?
हामी सबैभन्दा बढी प्रभावित हुने भनेको आँखा, नाक, मुख, कान र छाला हुन्। यी सबै ५ वटा कुरा हाम्रो अनुहारमा छन्। त्यसले अनुहार पनि राम्रो हुन्छ। अनुहारको नै व्यायाम गरेर पनि सुन्दरता ल्याउन सकिन्छ। मसल पम्पीङ हुन्छ सेल्सको रिभाइव साथै सेल्सको पावर बढ्छ। त्यस कारण सकारात्मक ऊर्जा आउँछ। त्यसमा आफूले ध्यान दिनुपर्ने धेरै कुरा छन्। धेरै लोभी मान्छेको मुटु राम्रो हुँदैन। मायालाई सहजै रूपमा छोड्न सक्ने हुनुपर्छ।

मान्छे माया पाउन किन चाहन्छ ?
माया मुहारमा पाउने पनि होइन। मुहारमा गर्ने पनि होइन। माया हुने हो। शब्दमा फरक छ। माया गर्ने कुरा होइन।

मज्जा र आनन्दमा के फरक छ ?
मज्जा पागलपन पनि हुन्छ। नचाहिने कुरा पनि हुन्छ। खुसी र आनन्द हुँदैन। हामी ध्यान आनन्दमा रहनुपर्छ मज्जामा होइन। जसले तपाईंको शरीर र मनलाई कुनै तनाव नदिओस् त्यो आनन्द हो। मज्जालाई सम्हाल्न सकिएन भने दुर्घटना हुन्छ। आनन्दले भने मनलाई सन्तुष्टि मिल्छ। धर्तीमा आएको जो कोही मान्छे राम्रो र नराम्रो गुण लिएर आएको हुन्छ। सर्वगुण सम्पन्न भएर कुनै मान्छे आएको हुँदैन। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ०१ बजे

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी