भोजपुरमा चुहार पुलको निर्माण नियमित « Khabarhub

भोजपुरमा चुहार पुलको निर्माण नियमित


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

भोजपुर- निकै लामो समयअघिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण नियमित भएको छ । भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो । निर्माणका क्रममा देखिएका विभिन्न समस्याको समाधानपछि पुलको काम पुनः थालिएको हो ।

एक वर्ष बढी समयदेखि रोकिएको निर्माणको कामलाई तत्काल सुरु गर्न सरोकारवालासहित निर्माण कम्पनी र कार्यालयबीच भएको छलफलपछि निर्माणले निरन्तरता पाएको हो । काम सुरु भएपछि निर्माण स्थलको कोशी प्रदेश सांसद सिर्जना राईले स्थलगत अनुगमनसमेत गरेकी छिन् । अनुगमन गर्दै सांसद राईले पुल निर्माणलाई चाँडो सम्पन्न गराउन पहल गर्ने बताइन् ।

कोशी प्रदेश सरकारको रु २१ करोड २३ लाख १२ हजार चार सय सात लागतमा पुल निर्माण थालिएको हो । पुल निर्माण तोकिएको अवधिमा काम सम्पन्न नभएपछि थप गरिएको समयमा २०८० असोज १३ गतेभित्र सम्पन्न हुने जनाइएको छ ।

पुल २०७७ असोजमा शिलान्यास भएको हो । पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर छ । भोजपुर सदरमुकामबाट दूधकोशी पुलसम्मको लम्बाइ करिब ६५ किलो मिटर छ ।

पूर्व क्षेत्रबाट धरानसम्म पुग्न भोजपुरवासीले करिब एक सय ५४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ । तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले जिल्लाको आर्थिकरुपमा विकासमा टेवा पुग्ने देखिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ३७ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी