सर्लाहीको लालबन्दीमा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको सङ्ख्यामा सुधार हुन सकेन « Khabarhub

सर्लाहीको लालबन्दीमा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको सङ्ख्यामा सुधार हुन सकेन


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्लाहीको लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको सङ्ख्यामा सुधार हुन सकेको छैन । जुनसुकै व्यवसाय बिना दर्ता तथा नवीकरण नगरी सञ्चालन गर्न नगरपालिकाले कडाइ गरेको भए पनि नगरभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काम सुस्त देखिएका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए ।

उनका अनुसार नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्दा दिगो आयस्रोत हुने र यसले राष्ट्रिय राजस्वमा भूमिका खेल्ने भए पनि नगरपालिकाभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काममा सुस्त देखिएका हुन् ।

आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्म दुई हजार दुई वटा व्यवसाय दर्ता तथा नवीकरण भएकोमा चालु आव २०७९/०८० को वैशाख १८ गतेसम्म एक सय दुई वटा व्यापार, व्यवसाय दर्ता तथा नवीकरण भएका नगरपालिकाको तथ्याङ्कले देखाएको छ । व्यवसाय दर्ता तथा नवीकरणलाई प्रभावकारी बनाउन अहिले नगरपालिकाले काम गरिरहेको भए पनि व्यापारी यसतर्फ सुस्त देखिएको नगरपालिकाले जनाएको छ ।

व्यवसाय दर्ताको सङ्ख्या बढाउने, करको दायरामा ल्याउने र राजस्व सङ्कलनमा वृद्धि गर्ने योजना नगरपालिकाले बनाएको छ । तर, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य सङ्घको झन्झटिलो प्रक्रियाका कारण आफूहरुले दर्ता तथा नवीकरणबिनै सञ्चालन गरिरहेको एक व्यापारीले गुनासो गरे ।

व्यवसाय दर्ता तथा नवीकरणलाई नगरपालिकाले आन्तरिक आयस्रोतको रुपमा प्राथमिकतामा राखेको नगरपालिकाको राजस्व शाखाका प्रमुख भोलाप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार चालु आवको वैशाख १८ गतेसम्ममा रु १७ लाख तीन हजार २० राजस्व सङ्कलन भएको छ । (((

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ९ : ५४ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको