एअर इण्डियाको विमानमा सवार यात्रुलाई बिच्छीले डसेपछि… « Khabarhub

एअर इण्डियाको विमानमा सवार यात्रुलाई बिच्छीले डसेपछि…


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

दिल्ली- एअर इण्डियाको विमानमा सवार एक यात्रुलाई बिच्छीले डसेको छ । नागपुरबाट मुम्बईका लागि उडान भरेको एअर इण्डियाको विमानमा सवार एक जना महिला यात्रुलाई बिच्छीले डसेको हो ।

गत अप्रिल २३ मा घटना भएको एअर इण्डियाले पुष्टि गरेको छ । बिच्छीले डसेका यात्रुलाई उपचार गरिएको र हाल उनी खतरामुक्त रहेको कम्पनीले जानकारी दिएको छ ।

बेलाबेला उडिरहेको विमानभित्र मुसा, चराजस्ता जन्तु फेला पर्ने गरेको समाचार सार्वजनिक हुँदै आएको भएपनि बिच्छीले कुनै यात्रुलाई डसेको घटनालाई निकै दुर्लभ मानिन्छ ।

‘अप्रिल २३ मा एआई ६३० फ्लाइटमा बिच्छीले एक जना यात्रुलाई डसेको निकै दुर्लभ र दुःखद घटना भएको छ ।’ एअर इण्डिाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

घटनापछि इन्जिनियरको टोलीले उक्त विमानको चेकजाँच गरेको जनाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १२ : ४२ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६